ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेढ महिना बित्दा पनि प्राधिकरण र पर्यटन बोर्डले ल्याएनन् बजेट


एबीसी न्यूज

काठमाडौं, १९ भदौ । नेपाल पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणले साउनदेखि कार्यान्वयनमा जाने बजेट डेढ महिना बित्दा पनि ल्याएका छैनन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म पास हुन नसक्ने बताएका छन्।

नागरिक उड्डयन प्राधिकरणले भने मन्त्रीको व्यवस्तताको कारण ढिलाइ भएको जनाएको छ।

गत हप्ता पर्यटन बोर्डमै आयोजना भएको एक कार्यक्रममा मन्त्री किरातीले बोर्डको बजेट पास गर्न नसकिने बताएका थिए।

पर्यटनमन्त्री किरातीले बोर्डको बजेट कमिशनको दुनो सोझ्याउन बनाइएको सुनाए। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी लक्षित गर्दै कमिशन पाउने गरी बजेट छुट्ट्याइएको बताए।

‘अहिले नै बोर्डको बजेट हतारमा पास गरेर फेरि पनि कसैको दुनो सोझ्याउन आउँदैन,’ मन्त्री किरातीले भने, ‘भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको होइन।’

मन्त्रीले भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको बताउँदै बोर्डले प्रवर्द्धनका कार्यक्रम मात्रै हुनुपर्ने बताएका छन्। किरातीले मन्त्री पदमा रहेसम्म भौतिक संरचनामा कमिशनको खेल शून्यमा झार्ने बताए।

पर्यटन बोर्डका माथिल्ला कर्मचारीहरुले बजेट दुरुपयोग गर्ने गरेको आरोपसमेत उनले लगाए।

केही अधिकारीले पर्यटन बोर्डको पैसामा मस्ती गरेकोसमेत उनले बताए। ‘बोर्डको पैसामा आफू त घुम्छन् त्यससँगै आफ्ना साली, साढुभाइ घुमाउने, मित बुबा र आमा घुमाउनेगरी बजेट खर्च गर्दा रहेछन्’, उनले भने।

पर्यटन प्रवर्द्धनका लागि चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्ने आवश्कता पर्ने पनि उनले बताए।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बजेट परिमार्जन हुन थालेको बताए।

‘मन्त्रीले युरोप–अमेरिकामाभन्दा भारत र चीनलाई प्राथमिकता दिने भन्ने छ,’ रेग्मीले भने, ‘युरोप, अमेरिकाको सबै बजेट काट्न नसकिए पनि सन्तुलित हुने गरी छुट्टाउनु पर्छ।’

भारत र चीनलाई मात्रै प्राथमिकता दिँदा निजी क्षेत्रबाट विरोध हुने भएकाले सन्तुलित बनाउन आवश्यक रहेको बताए।

नेपालमा अधिकांश पर्यटक भारतीय र चीन रहने गरेका छन्। त्यसपछि अमेरिका र युरोपबाट बढी भित्रिने गरेको तथ्यांकले देखाएको छ।
त्यस्तै पर्यटन बोर्डले पूर्वधारका संरचना बनाउने विषय हटाउने बताए।

‘पर्यटन बोर्डले पूर्वधारका संरचना बनाउनु पर्छ भन्ने पक्षमा म पनि छैन,’ सिइओ रेग्मीले भने, ‘कहीँ मन्दिर, कहीँ सौन्दर्यीकरण स–साना पूर्वधार संरचना प्रस्ताव थिए। अब हटाउनेगरी बजेट परिमार्जन गर्छौं।’

पर्यटन बोर्डले करिब १ अर्ब ३० करोड रुपैयाँको बजेट बनाएको थियो। त्यसमा ८० प्रतिशत पर्यटन प्रवद्र्धन र २० प्रतिशत पूर्वधारका लागि छुट्टाउने तयारीमा थियो।

‘बजेट साउन १ बाटै लागु हुनेगरी आउने हो। ढिला भइसक्यो, अब १–२ दिनमा बजेट आउँछ,’ सीईओ रेग्मीले भने।

बजेट पास गर्ने पर्यटन बोर्डको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव हुने व्यवस्था छ।

प्राधिकरण बजेट करिब ३७ अर्बको
नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि बजेट ल्याउन सकेको छैन। प्राधिकरणको बोर्ड बैठक मंगलबार बस्दै छ। मन्त्री सुदन किराती अध्यक्ष रहने बोर्ड बैठकमा बजेट पेस हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले मन्त्री किराती पितृ शोकमा परेकाले बजेटमा केही ढिलाइ भएको बताए। मंगलबारको बोर्ड बैठकमा बजेट पेस हुने उनले बताए। बजेटको आकारबारे पनि थाहा हुने अधिकारीले बताए।

प्राधिकरणले ल्याउने नयाँ बजेटमा पुरानै कार्यक्रमलाई निरन्तरता दिन लागिएको एक कर्मचारीले जानकारी दिएका छन्।

‘करिब ३७ अर्बको बजेट तयार भएको छ,’ ती कर्मचारीले भने, ‘नयाँ विमानस्थल बनाउने योजना छैन। पहिलाकै बजेटमा रहेका टर्मिनल र विमानस्थल स्तरोन्नति गर्ने विषय समेटिएका छन्।’

बजेटमा कुनै विवाद नरहेकाले बोर्ड पास हुने प्राधिकरणको विश्वास छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com