ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली टोलीलाई रविन्द्र जडेजाको प्रशंसा– नेपालको बलियो पक्षबारे थाहा थिएन


एबीसी न्यूज

काठमाडौं, १९ भदौ । भारतीय क्रिकेट टिमका अलराउन्डर रविन्द्र जडेजाले एसिया कप–२०२३ मा नेपालले भारतविरुद्ध ब्याटिङमा निकै राम्रो सुरुआत गरेको बताएका छन् ।

सोमबार श्रीलंकाको क्यान्डीमा सम्पन्न खेलमा भारतले नेपालविरुद्ध १० विकेटको जित निकाल्दै सुपर फोरको यात्रा तय गरेको थियो । खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ९।४ ओभरमा विकेट नगुमाई ६५ रन बनाउँदै उत्कृष्ट सुरुआत गरेको थियो ।

नेपालले भारतविरुद्ध ४८।२ सबै विकेट गुमाएर २३० रनको योगफल खडा गरेको थियो । तर, दोस्रो इनिङ्सको सुरुआतमै वर्षा भएपछि भारतले डकवर्थ लेविस पद्दति डीएलएस अनुसार २३ ओभरमा १४५ रनको लक्ष्य पाएको थियो ।

जसलाई भारतलाई २०।१ ओभरमा विकेट नगुमाई भेट्टायो । नेपालको सुरुवाती ब्याटिङमा प्रभावित बनेका जडेजाले पहिलोपटक खेलिरहेकाले नेपाली टिमको बलियो पक्षबारे जानकारी नभएको बताए ।

“नेपालसँग पहिलो पटक खेल्दै थियो । उनीहरुका ब्याटरले कहाँ कुन सट खेल्छन्, उनीहरुको बलियो पक्ष के हो भन्ने थाहा थिएन । पहिलो १० ओभरमा उनीहरुले निकै राम्रो सुरुवात गरे । पहिलो पटक खेलिरहेकाले उनीहरुबारे केही थाहा थिएन । यही भयो, उनीहरुले पहिलो १० ओभरमा राम्रो सुरुआत पाए । तर, स्पिनरमा म र कुलदीप आएपछि हामीले थोरै खेललाई नियन्त्रणमा ल्यायौं,” जडेजाले भने ।

नेपालविरुद्ध तीन विकेट लिएका जडेजाले खेलपछि नेपाली खेलाडीहरुलाई ठूलो खेल भनेर अनावश्यक दबाब नलिन पनि सुझाए ।

“उनीहरुले कुनै ठूलो खेलअघि तपाईंको रुटिन के हुन्छ भनेर सोधिरहेका थिए । मैले उनीहरुलाई म साधारण रुटिन नै राख्छु, गीत सुन्छु, ठूलो टिमसँग खेल्दै छु भनेर अनावश्यक दबाब आफूमा नराख्न भनेँ । आफ्नो सामान्य रुटिनलाई नै फलो गर्न भनेँ,” जडेजाले थपे ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com