ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा चुनावमा पनि वाम गठबन्धनको बहुमत ( को–को विजयी भए नाम सहित)


एबीसी न्यूज

काठमाडौं, २५ माघ । राष्ट्रियसभा चुनावको सबै प्रदेशको अन्तिम परिणाम आएको छ । सात ओटा प्रदेशबाट कुल ५६ जना सांसदका लागि भएको चुनावमा २४ जना सांसद यसअघि नै निर्विरोध विजयी भएका थिए । बुधबार बाँकी ३२ सांसदको लागि चुनाव भएको थियो । सबै प्रदेशबाट मतगणना सकिँदा राष्ट्रियसभा सदस्य चुनावमा पनि वाम गठबन्धनको नै स्पष्ट बहुमत आएको छ ।

५६ जना सदस्यका लागि भएको चुनावमा नेकपा एमालेका २७ जना विजयी भएका छन् भने माओवादी केन्द्रका १२ जना विजयी भएका छन् । यसरी हेर्दा वाम गठबन्धनबाट ३९ सांसद राष्ट्रियसभामा प्रतिनिधित्व गर्नेभएका छन् । नेपाली कांग्रेसबाट भने राष्ट्रियसभामा १३ जना सांसदले प्रतिनिधित्व गर्नेछन् राजपा र संघीय समाजवादी फोरमका २÷२ जना सांसद राष्ट्रियसभामा सहभागित रहने छ ।

प्रदेश नम्बर १ मा भएको चुनावमा ६ जना निर्विरोध भएका थिए भने २ जनाको लागि बुधबार चुनाव भएको थियो । दलित र अपाङग वा अल्पसंख्यक सदस्यका लागि भएको चुनावमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । १ नम्बर प्रदेशमा एमालेका ५ जना कांग्रेसका २ जना र माओवादी केन्द्रका १ जना सांसद भएका छन् ।

बुधबार भएको चुनावमा एमालेका खेम नेपाली र एमालेकै अगमप्रसाद बान्तवा राई विजयी हुनुभएको छ । प्रदेश नम्बर १ मा यसअघि नै वाम गठबन्धनका नैनकला ओझा, विना पोखरेल, हरिचरण शिवाकोट, पर्शुराम मेघी गुरुङ्ग, तथा कांग्रेसका रमेशजंग रायमाझी र सरिता प्रसाई निर्विरोध निर्वाचित भैसक्नुभएको थियो ।

प्रदेश नम्बर २ मा कांग्रेसका जितेन्द्रनारायण देव र मुक्ताकुमारी यादव, राजपाका रमेशप्रसाद यादव र बृषेचन्द्र लाल संघिय समाजवादी फोरमा प्रमिला कुमारी र रामपृत पासवान एमालेका सुमनराज प्याकुरेल, माओवादीका शशीकला दाहाल, तथा गरि ८ जना नै निर्विरोध निर्वाचित भइसकेका थिए ।  विजयी भएको प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रदेश नम्बर ३ मा वाम गठबन्धनबाट एमालेका बलराम प्रसाद बाँस्कोटा, दिलकुमारी रावल पार्वती र उदया पौडेल शर्मा, सिंहबहादुर विश्वकर्मा र रामचन्द्र राई माओवादी केन्द्रबाट रामबहादुर थापा बादल र कांग्रेसबाट राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी भएका छन् ।

प्रदेश नम्बर ४ मा अपाङग वा अल्पसंख्यक सदस्य बाहेक अन्य सदस्यका लागि बुधबार चुनाव भएको थियो । जसमा नेकपा एमालेका ३ जना विजयी भएका छन् । एमालेका गणेश तिमिल्सिना, शान्ति अधिकारी र दीपा गुरुङ रहेका छन् । माओवादी केन्द्रबाट दीनानाथ शर्मा र खिमकुमार विक गरी २ जना सदस्य विजयी भएका छन् । नेपाली कांग्रेसबाट ४ नम्बर प्रदेशमा ३ जना विजयी भएका छन् ।कांग्रेसका सुरेन्द्रराज पाण्डे, बृन्दा राना मगर र प्रकान्त पन्त विजयी भएका हुन् ।

प्रदेश नम्बर ५ को राष्ट्रियसभा सदस्यमा एमालेका दुई, माओवादी केन्द्रका दुई र कांग्रेसका एक जना विजयी भएका छन्। यसअघि एमालेका दुई र कांग्रेसका एकजना निर्विरोध निर्वाचित भइसकेका छन्।

दलित र अन्यमा गरी एमालेका २, अल्पसंख्यकरअपाङ्गता र अन्य गरी माओवादी केन्द्रका २, नेपाली कांग्रेस अन्यमा एक जना विजयी भएका हुन्। दलिततर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार विजयी भए। अपांग तथा अल्पसंख्यक तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार कुवर विजयी भए। अन्यमा एमालेबाट खिमलाल भट्टराई, माओवादी केन्द्रका चन्द्र बहादुर खड्का कांग्रेसका दुर्गाप्रसाद उपाध्याय विजयी भएका छन् ।

महिलातर्फ भने तीन जना यसअघि नै निर्विरोध निर्वाचित भैसकेका हुन्।यसअघि प्रदेश नम्बर पाँचमा महिलातर्फ एमालेवाट केमल वलि, बिना बुढा र नेपाली काङ्ग्रेसबाट अनिता देवकोटा निर्विरोध निर्वाचित भएका थिए।

प्रदेश नम्बर ६ मा सबै वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका खुला सदस्यमा एमालेका भैरवसुन्दर श्रेष्ठ, ठगेन्द्रप्रसाद पुरी र माओवादी केन्द्रका कालिबहादुर मल्ल विजयी हुनुभएको हो ।

यस्तै महिला सदस्यमा वाम गठबन्धनको तर्फबाटै एमालेकी नन्दा चपार्ई , कविता बोगटी र माओवादी केन्द्रकी युटोल लामा विजयी हुनुभएको हो । वाम गठबन्धनबाटै एमालेका नरपति लुवार दलितबाट र माओवादी केन्द्रका जीवनबहादुर बुढा अपाङ्गता कोटाबाट विजयी हुनुभएको हो ।

प्रदेश नम्बर ७ मा एमालेका ४ जना विजयी भएका छन् भने माओवादी केन्द्रका २ जना सांसद विजयी हुँदा कांग्रेसका २ जना विजयी भएका छन् । एमालेका चक्र स्नेही र महेशकुमार महरा विजयी हुनुभएको छ । ७ नम्बर प्रदेशबाट कांग्रेसका बद्री पाण्डे र तारादेवी भट्ट, एमालेका शेरबहादुर कुँवर, इन्दु कडरिया, कमलाकुमारी वली र माओवादीका हरिराज चौधरी यसअघि नै निर्विरोध हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com