काठमाडौं, १५ भदौ । । अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौं आइपुगेका छन्।
शुक्रबार अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर नेपाल आइपुगेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ।
दूतावासका अनुसार उनले आफ्नो भ्रमणका क्रममा अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
‘अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेनलाई नेपालमा स्वागत गर्न पाउँदा हामी हर्षित छौं ’ दूतावासले भनेको छ, ‘आफ्नो भ्रमणका क्रममा उहाँले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्नुहुनेछ।’
त्यस्तै, नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने पनि बताइएको छ।








प्रतिक्रिया दिनुहोस्