ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्सामा नेपालको भू–भाग भारतमा देखाएकाले भन्दै बालेनले चीन भ्रमणमा रद्ध गरे


ABC NEWS

काठमाडौं १४ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीनले हालै जारी गरेको नक्साप्रति आपत्ति जनाउँदै चीन भ्रमण रद्द गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले नैतिकताका आधारमा चीन भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका छन्।
बालेनले लेखेका छन्– हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं।
केही दिनपहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।
मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले भने व्यस्तताका कारण चीन भ्रमणमा नगएको बताएका छन्।

‘मेयरको कार्यव्यस्तताले गर्दा जान नपाउनु भएको हो,’ उनले भने, ‘चीनमा एक एक्सचेन्ज प्रोगाम थियो। पर्यटन प्रवर्द्धनका लागि विभिन्न शहरका पदाधिकारी बोलाइएको थियो।’
फेसबुक स्टाटस चीनको नयाँ नक्साबारे बालेनको धारणा भएको उनले बताए।
‘फेसबुकमा उहाँले कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा नसोधी भारतको देखाएकोमा आफ्नो धारणामात्र राख्नुभएको हो। यो पनि अर्को कारण भए पनि चीन नजानुको प्रमुख कारण कार्यव्यस्तता नै हो,’ उनले भने।
गत सोमबार चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा आयजित एक कार्यक्रममा नक्सा सार्वजनिक गरेको थियो।
सीमाबारे जनचेतना अभिवृद्धि गर्ने सप्ताह र सर्भेइङ एन्ड म्यापिङ पब्लिसिटी डेका अवसरमा नयाँ नक्सा जारी गरिएको हो।
भारतीय सञ्चारमाध्यमहरूले चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश र अक्साई चीनलगायत भूमि पनि समेटिएको बताएका छन्।
द हिन्दुका अनुसार चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश पुरै र अक्साई चीनको क्षेत्र समेटिएको छ।
ती दुई क्षेत्रबारे भारत र चीनबीच विवाद छ। चीनले यसअघि पनि ती ठाउँलाई आफ्नै नक्सामा राख्ने गरेको थियो।
केही समयअघि चीनले अरूणाचलका ११ ठाउँको नाम परिवर्तन गरेको थियो।
भारत र चीनबीच लद्दाखदेखि अरूणाचलसम्म सीमा विवाद छ।
चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्मियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com