ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यो गठबन्धन सरकारलाई ढाल्ने षडयन्त्र भइराखेको छः प्रम प्रचण्ड


ABC NEWS

काठमाडौँ १२ भदौ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको तर सफल हुन नसकेको बताएका हुन् ।

सरकार ढाल्ने कोसिस गर्नेहरू विस्तारै जनताको नजरमा गिर्दै गइरहेको प्रधानमन्त्री प्रचण्डले बताए । कुनै ठूलो घटना नभए यो गठबन्धन ५ वर्ष नै चल्ने उनको दावी छ । ‘अहिले सरकारविरुद्ध विभिन्न खालका षड्यन्त्र त भइरहेका छन् । यो गठबन्धन तोड्ने सरकारलाई ढाल्ने, धेरै कसरत छन् । तर कसैको केही लाग्ने मैले देखेको छैन । जति बल गरेका छन्, त्यति उनीहरू जनताको नजरमा गिर्दै गएका छन् र यही हुन्छ । गठबन्धन ५ वर्ष नै जानेछ, मैले त्यही देखेको छु, अहिलेसम्म । त्यस्तो ठूलो केही भएन भने हामी निरन्तर यो अभियानलाई सफलतातिर लानेछौँ,ु उनले भने ।

अहिले अतिवादी विचार र प्रवृत्तिहरु कहीँ धार्मिक, कतै जातीय माध्यमबाट परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न उद्धत रहेको समेत प्रधानमन्त्री दाहालको भनाइ छ । उनले उत्पीडित, जाति, वर्ग समुदायको हक अधिकारको निम्ति लडेको माओवादीले मात्रै यी समस्या समाधान गर्नसक्ने दाबी गरे । उनले माओवादीले मात्रै जातीय एकता र सद्भाव कायम राख्नसक्ने जिकिर गरे ।

अहिले अतिवादी विचार र प्रवृत्तिहरु कहीँ धार्मिक त कतै जातिय, कतै माध्यमबाट यो परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न सकिन्छ कि रु भन्ने कसरत छन् । त्यसमा हामी संवेदनशील छौं । उत्पीडित, जाति, वर्ग समुदायको हक अधिकारका निम्ति लडेको माओवादीले मात्रै यी समस्या समाधान गर्नसक्छ, यो प्रमाणित गर्ने हाम्रा लागि ऐतिहासिक अवसर हो । हामीले मात्रै जातिय एकता र सद्भाव कायम राख्नसक्छौं,’ उनले भने ।
‘पहिले नै हाम्रो टाउकोमा थुप्रै मुद्दा त छँदैछन् युद्धकालका मुद्दाहरु, मेरै ३६ वटा जति छन् । अझै शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएसम्म कहीँ न कहीँ रही राखेका छन् । म प्रधानमन्त्री भएर राम्रो काम शुरु गर्न थालेपछि दुई वटा मुद्दा परेका छन् । त्यो पनि देखिरहनुभएको छ । हामी एक हुने र अघि बढ्ने भएपछि थाँती छन् । हामी शक्तिशाली भएपछि यी केही हुँदैन, हामी जित्दै जान्छौँ, कसैको केही लाग्दैन । हामी कमजोर हुँदै गए आक्रमण बढ्दै जान्छन् । हामीले यो पटक यो रुपान्तरण अभियानलाई हर हालतमा सफल पार्नैपर्छ,’ उनले भने ।
प्रधानमन्त्री दाहालले नयाँ क्रान्ति सुरु नगर्ने हो भने देश ठूलो दुर्घटनामा जाने बताए। उनले अहिले परिवर्तन उल्टिने खतरा आफूले देखिरहेको बताए । उनले माओवादी शक्ति बलियो नभए प्रतिक्रियावादीले आफूमाथि आक्रमण गर्ने गरेको बताए । उनले युद्धकालीन बेलाका ३६ वटा मुद्दा आफूविरुद्ध रहेको र अहिले प्रधानमन्त्री बनेर राम्रो काम गरेपछि दुई वटा मुद्दा थपिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com