ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ७ को मतदान सम्पन्न, को –को भए अनुपस्थित


एबीसी न्यूज
माघ २४, २०७४ बुधबार   ४ : ५७   बजे

डोटी, २४ माघ । राष्ट्रियसभा सदस्यका लागि ७ नम्बर प्रदेश डोटीमा भएको मतदान सम्पन्न भएको छ । उक्त प्रदेशमा ९९ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कैलालीको क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीबाट दुई जना सांसदले मतदान गरेका छैनन् ।

स्थानीय तहका प्रमुख तथा उप– प्रमुखले शत प्रतिशत मतदान गरेका छन् भने प्रदेशसभाका ५१ जनाले मात्रै मतदान गरेका छन् । राष्ट्रियसभा चुनावका लागि स्थानीय तहका १ सय ७६ र प्रदेशसभाका ५३ जना सदस्य गरी कुल २ सय २९ जना मतदाता रहेका थिए । दुई जना सांसदले मतदान नगरेपछि जम्मा २ सय २७ मत खसेको छ । राजपाका प्रदेश सांसद कृष्णकुमार चौधरी र मालती राना थारुले मतदान नगरेको निर्वाचन कार्यालय डोटीले जनाएको छ । आफ्नो पार्टीकातर्फ बाट उम्मेदवार पनि नभएको र कुनै दलले भोट पनि नमागेको कारण आफूहरु मतदान गर्न नगएको राजपाका प्रदेश सांसद मालती रानाथारुले बताउनुभयो ।
७ नम्बर प्रदेशमा बुघबार सम्पन्न राष्ट्रियसभाको चुनावमा दुई पदका वाम तथा लोकतान्त्रीक गठबन्धनका ४ जना उम्मेदवारका बीच प्रतिस्पर्धा भएको छ ।
दलित तथा अपांग र अल्पसंख्यकतर्फका उम्मेदवारका बीच प्रतिस्पर्धा भएको हो । दलिततर्फ नेपाली कांग्रेसका शेरीराम पार्की र एमालेका तर्फबाट चक्रप्रसाद स्नेहीका बीचमा प्रतिस्पर्धा भएको छ । अपांगता भएका तथा अल्पसंख्यकका तर्फबाट नेपाली कांग्रेसका छत्रराज जोशी र माओवादीका महेशकुमार महराका बीच प्रतिस्पर्धा भएको रहको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

सम्बन्धित

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group