ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अष्टलक्ष्मी vs राजेन्द्र पाण्डे को बन्ला मुख्यमन्त्री, निर्वाचन शुक्रबार हुँदै


admin

काठमाडौं, २४ माघ । नेकपा एमालेले प्रदेश नं. ३ मा मुख्यमन्त्रीको तय निर्वाचन बाट गर्ने भएको छ ।

पार्टीको बुधबार बसेको प्रदेश सचिवालयको बैठकमा मुख्यमन्त्रीको आकांक्षीहरुले निर्वाचनबाट दलको टुंगो लगाउनुपर्ने अडान राखेपछि प्रदेशको संसदीय दलको नेता चुनावबाट छानिने भएको हो।

मुख्यमन्त्रीमा सहमति जुट्न नसकेपछि आगामी शुक्रबार बिहान ८ बजे प्रदेश संसदीय दलको बैठकपछि निर्वाचन गर्ने सहमति बनेको एमाले प्रदेश कमिटीले जनाएको छ।

मुख्यमन्त्रीका लागि प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेबीच मुख्य प्रतिस्पर्धा छ। काठमाडौंका पूर्व मेयर केशव स्थापित समेत मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन्।

सचिवालय बैठकले ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बिहान संसदीय दलको ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर निर्वाचन गर्ने निर्णय गरेको छ। त्यस्तै आगामी २७ गते बस्ने प्रदेश ३ को प्रदेशसभा बैठकबाट सभामुख र भोलिपल्ट उपसभामुखको निर्वाचन गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक, सहमति कार्यान्वयन हुनुपर्ने माओवादीको अडान

बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो

किसानलाई बाख्रा र धानको बीउ

रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, उपत्यकामा सार्वजनिक बिदा

कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

बिहे नगरी ‘बिए’ उत्तीर्ण गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप एक लाख

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com