ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले जित्यो महिला अन्तर्राष्ट्रिय टी–२० श्रृङ्खला


ABC NEWS

काठमाडौं ९ भदौ । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला क्रिकेट टी–२० श्रृङ्खला नेपालले जितेको छ।

मलेशियामा शनिबार भएको फाइनल खेलमा हङकङलाई १३ रनले पराजित गर्दै नेपालले श्रृङ्खला जितेको हो। वर्षाका कारण खेल रद्द भएपछि नेपालले डीएल मेडथका आधारमा १३ रनले जित हासिल गरेको हो।

हङकङले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५।३ ओभरमा एक विकेट गुमाएर ३७ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल हुन सक्दा डीएल मेथड अपनाइएको थियो।

जसमा नेपालले २५ रनको लक्ष्य पाएको थियो। पाँच ओभरको गणना गर्दा नेपाल १३ रनले अगाडि थियो। त्यसकै आधारमा नेपाल विजयी भएको हो।

नेपालका लागि इन्दु वर्माले १९ र सीता राना मगरले १३ रन बनाए। हङकङका लागि इक्रा शहरले एक विकेट लिइन्।

यसअघि ब्याटिङ गरेको हङकङले ६ विकेट गुमाएर १०१ रन बनाएको थियो। हङकङका लागि का यिङ छनले २९, मरिना एन्टोनियाले १९ रन बनाएका थिए।

नेपालका लागि खुशी डंगोलले तीन, अस्मिता कर्माचार्य र पूजा महतोले एक(एक विकेट लिएका थिए।

आईसीसी टी–२० विश्वकपको एशिया छनोट प्रतियोगिता मलेशियामा हुँदै छ। त्यसको तयारीका क्रममा चार देश सम्मिलित प्रतियोगिता आयोजना गरिएको हो। यसमा नेपालसँगै मलेशिया, कुवेत र हङकङले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com