ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको लाइसेन्सलाई ४५ देशको मान्यता


एबीसी न्यूज

काठमाडौै, ६ साउन । सवारीचालक अनुमतिपत्र लाइसेन्सको प्रयोगात्मक परीक्षा  ट्रायल पास गरिसकेपछि पनि लामो समयसम्म स्मार्ट कार्ड नपाइने अवस्था छ ।

अत्यावश्यक वा विदेश जाने व्यक्तिले बाहेक आमनागरिकले एक वर्षभन्दा बढी समयपछि मात्र स्मार्ट लाइसेन्स पाउने गरेका छन् । विदेश जाने वा अत्यावश्यक परेका व्यक्तिका लागि भने यातायात व्यवस्था विभागले एक÷दुई दिनमै स्मार्ट कार्ड उपलब्ध गराउने गर्छ ।

सजिलैसँग स्मार्ट ड्राइभिङ लाइसेन्स नपाउँदा सेवाग्राहीले समस्या भोगिरहेका छन् । छाप्नका लागि चाहिने स्मार्ट कार्डको अभाव र त्यो प्रिन्ट गर्ने एउटा मात्र मेसिन भएका कारण समयमै उपलब्ध गराउन नसकिएको विभागको भनाइ छ ।

हाल स्मार्ट लाइसेन्स कार्ड छाप्ने एउटा मात्र मेसिन सञ्चालनमा रहेको विभागका निर्देशक ईश्वरीदत्त पनेरुले जानकारी दिए । छाप्नका लागि स्मार्ट कार्ड पनि थोरै मात्र बाँकी रहेको उनले बताए । उनका अनुसार ठेक्का दिइएको कम्पनीबाट कार्ड नआइपुगेका कारण विभागले हाल नियमित रूपमा स्मार्ट लाइसेन्स प्रिन्ट गर्न सकेको छैन ।

३४ लाख स्मार्ट लाइसेन्स वितरण
हालसम्म विभागले करिब ३४ लाख स्मार्ट लाइसेन्स सेवाग्राहीलाई उपलब्ध गराइसकेको विभागका प्रवक्ता समेत रहेका पनेरुले जानकारी दिए ।

अहिले स्मार्ट लाइसेन्सका लागि कुरिरहेका सेवाग्राहीको संख्या करिब १० लाख छ । विभागसँग छाप्नका लागि करिब ७० हजार कार्ड मात्र बाँकी छ । सोही कारण अत्यावश्यक व्यक्तिका लागि मात्र कार्ड प्रिन्ट गरिरहेको उनले बताए ।

गत वर्ष नै विभागले १२ लाख स्मार्ट कार्डका लागि एक जर्मन कम्पनीलाई ठेक्का दिएको थियो । “जर्मन कम्पनी म्युहलबाअरले १२ लाख कार्डका लागि ठेक्का पाएको थियो,” प्रवक्ता पनेरुले बाह्रखरीसित भने, “ती कार्ड अब एक÷डेढ महिनाभित्र आइपुग्छन् र त्यसपछि नियमति छपाइ सुरु हुन्छ ।”

विभागमा हाल चालु अवस्थामा रहेको स्मार्ट लाइसेन्स प्रिन्टरबाट दैनिक चार हजारदेखि चार हजार ५०० सम्म कार्ड छाप्न सकिने उनले बताए । ती कार्ड ल्याइएपछि नियमित रूपमा छापेर वितरण गरिने उनको भनाइ छ ।

नेपालको स्मार्ट लाइसेन्सलाई ४५ देशको मान्यता

नेपालको स्मार्ट ड्राइभिङ लाइसेन्सलाई हाल ४५ देशले मान्यता दिएको उनले जानकारी दिए । “स्मार्ट भएकै कारण, त्यसमा रहेको ‘रिडेबल चिप’का कारण ती देशले नेपालको लाइसेन्स पत्याएका छन्,” उनले भने ।

यसले विभिन्न देशमा रोजगारी र अध्ययनका लागि जाने नेपालीलाई सहज भएको विभागको बुझाइ छ ।

अमेरिका, अष्ट्रेलिया, खाडीलगायतका मुलुकमा नेपालको लाइसेन्सले नै त्यहाँ रहँदा निश्चित समयका लागि काम गर्छ । उनका अनुसार त्यसपछि त्यहीँको कानुनअनुसार नयाँ लाइसेन्स प्रक्रिया थाल्नुपर्ने हुन्छ । यसले नेपालको लाइसेन्सको विश्वास बढाएको उनको भनाइ छ ।

विभागले थप र प्रदेशमा पनि प्रिन्टर किनिँदै

थप एउटा प्रिन्टर खरिद गर्न चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेटमै १० करोड रुपैयाँ विनियोजन गरिएको विभागले जनाएको छ । अर्को प्रिन्टर पनि ल्याइएपछि दैनिक लाइसेन्स छाप्ने क्षमता बढ्ने र सेवाग्राहीले चाँडै पाउने विभागको विश्वास छ ।

यस्तै, कोसी, मधेस र कर्णाली प्रदेश सरकारले समेत स्मार्ट लाइसेन्स छाप्ने मेसिन किन्ने योजना बनाएको उनले बताए । प्रदेशस्तरमा पनि लाइसेन्स छाप्न थालिएपछि सेवाग्राहीलाई अझ सहज हुने उनको भनाइ छ ।

नेतृत्वविहीन विभाग

गएको चैतदेखि जिम्मेवारी सम्हालेका यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई करिब चार महिनामै गृह मन्त्रालयमा सरुवा गरिएको थियो । हाल विभाग नेतृत्वविहीन छ । उनीभन्दा अघि महानिर्देशकमा नियुक्त तुलसीनाथ गौतमले त १८ दिन मात्र विभागको नेतृत्व गरेका थिए ।

यसरी एक वर्षको अवधिमै विभागमा चार महानिर्देशक फेरिए । हाल नेतृत्वविहीन हुँदा विभिन्न कार्ययोजना अघि बढाउन नसकिएको विभागका अधिकारीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com