ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापाले भने- पहिचानलाई प्राथमिकतामा राखेर प्रदेशको नामकरण गर्दा द्वन्द्व मेटिन्छ


एबीसी न्यूज

काठमाडौ, ४ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामकरणको विषयमा स्व। प्रदीप गिरीले दिएको विचारसँग नेपाली कांग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित गिरीको स्मृति सभामा उनले आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको भन्दै कोशी प्रदेशमा नामकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको बताए ।

पहिचानको आधारमा प्रदेशको नामकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मको लागि रोक्न सकिने स्व। गिरीको विचार कांग्रेसजस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने थापाको राय थियो । गिरीको विचारलाई जम्मा गरेर कांग्रेसले राख्ने हो भने मात्रै पनि २० वर्षसम्मका लागि पार्टीमा आउने समस्या सहजै समाधान गर्न सकिने उनले बताए ।

महामन्त्री थापाले भने, ‘म झापा र इलाम गएर आएँ । त्यहाँ प्रदेश १ को नामकरण ठूलो विषय छ । तर, प्रदीप गिरीले संविधान निर्माणको बेलामा राख्नुभएको विचारलाई मात्रै हेर्ने हो भने खास गरी हाम्रो नेपालको संघीयतालाई अघि बढाउने विषयका सन्दर्भमा उदारतापूर्वक नेपाली कांग्रेसजस्तो मूल राजनीतिक पार्टीले नामकरणजस्तो विषय गर्दैगर्दा पहिचानको कुरालाई प्राथमिकता दिएर गर्नुपर्छ ।

यदी यसलाई गर्‍यौँ भने हामीले समाजको द्वन्द्वलाई चीर कालसम्म मेट्न सक्छौं भन्नेकुराको प्रेरणा प्रदीप दाइको भनाइबाट पाउन सक्छौं । नेपाली काँग्रेसलाई बदल्ने हो, कांग्रेसको सदस्य बदल्ने, उम्मेदवार छनोट प्रक्रिया बदलेर पार्टीलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा अघि जानुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com