ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले भने : सीआईबीको अनुसन्धानमा असर पर्छ, अहिले उच्चस्तरीय समिति नबनाऊँ


एबीसी न्यूज

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउन ३ गते बरामद भएको साढे ६० केजी सुन तस्करी प्रकरणमा अहिले नै उच्चस्तरीय छानबिन समिति बनाउन नसकिने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा एमालेका मागहरुबारे सुनिसकेपछि उनले यस्तो बताएका हुन्।

बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सुन तस्करी प्रकरणमा राजनीति र उच्च तहका नेताहरु पनि संलग्न भएको तथ्यहरु आएकाले उच्चस्तरीय समिति चाहिने अडान लिएका थिए।

‘यस्तो अवस्थामा पनि ती व्यक्तिलाई छानबिनका लागि सीआईबीले बोलाएन’, उनले बैठकमा भने, ‘ललिता निवासको सरकारी जग्गा र नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि सानालाई मात्रै समातियो। ठूला तानिने भएपछि अनुसन्धानमै हस्तक्षेप गर्ने काम भयो।’

एमालेले बैठकमा छानबिनका लागि उच्चस्तरीय समिति चाहिने अडान कायमै राखेको प्रमुख सचेतक पदम गिरीले बताए।

‘तर प्रधानमन्त्तीले सीआईबीको अनुसन्धान प्रभावित हुन्छ, अहिले नै उच्चस्तरीय समिति नबनाऊँ भन्नु भयो’, उनले भने, ‘तर उहाँ अघिल्ला दिनभन्दा केही लचिलो हुनु भएको छ। सम्भवतस् सरकार पनि उच्चस्तरीय समितिका लागि तयार भएको हाम्रो अनुमान छ।’

तर एमालेले बैठकमा सीआईबीको अनुसन्धान नबिग्रिने गरी, अहिले भएका कमी पनि हटाउने गरी नीतिगत सुधारका लागि उच्चस्तरीय समित चाहिन्छ भनेको गिरीले बताए।

प्रधानमन्त्रीले सीआईबीले अनुसन्धान सक्न १५ दिनजति लाग्ने बताएको अवस्थामा आफूहरुले कुर्न नसक्ने बताएको जानकारी दिए।

‘हामी १५ दिन कुर्न सक्दैनौँ, सदनको अवरोधबारे हाम्रो माग उच्चस्तरीय समिति हो। यसमा यथावत छौँ। सदनमा माननीयहरुलाई बोल्न दिने गरी अघि जान्छौँ’, उनले भने, ‘हाम्रो बुझाइमा सरकार उच्चस्तरीय समिति बनाउने दिशातिर जाँदैछ, त्यो सम्भावना छ।’

सरकार उच्चस्तरीय समिति बनाउन तयार नभए सदन नखुल्ने उनले बताए। ‘संसद्‍को बिजनेसतिर जाँदैनौँ। सांसदहरुले बोल्न दिने हो। संसद् बैठक सरकारको अकर्मण्यताले रोकिएकोहो’, उनले भने, ‘अहिलेकै सीआईबीबाट सानातिनालाई ल्याउने अरुलाई उन्मुक्ति दिने काम भएको छ। भोलि या पर्सि प्रधानमन्त्रीले बैठक बोलाउँदैछन्। प्रधानमन्त्री उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा केही लचिलो देखिएका छन्।’

प्रधानमन्त्रीले नक्कली भुटानी शरणार्थीको प्रकरणमा दोस्रो चरणको अनुसन्धान हुन्छ भनिरहँदा प्रहरी अधिकृतहरुको सरुवा गरिएको गिरीले बताए।

‘ललिता निवासमा पनि सत्ता पक्षले प्रभावित गर्ने काम भएको छ। देशमा भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने काम सरकारबाट भइरहेको छ’, उनले भने, ‘उच्चस्तरीय छानबिन समितिबाटै निष्कर्ष निकाल्नुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com