काठमाडौ भदौ १ । मनसुन कमजोर बनेसँगै पानी पर्ने क्रम घटेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली छ ।मनसुनको न्यून चापीय रेखा सामान्य स्थानभन्दा तलतिर सरेकाले नेपालमा तत्काल लगातार वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताए ।
मनसुनको समय भएकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुने उनले बताए।आज कोशी र गण्डकी प्रदेशका एकरदुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान छ । अन्य पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
तराई मधेसका जिल्लामा खासै पानी पर्ने सम्भावना छैन ।मौसमविद्का अनुसार अहिले तत्काल केही दिनलाई लगातार पानी नपरे पनि त्यसपछि भने पानी पर्ने सम्भावना रहन्छ । मनसुनको अवधि कायमै रहेकाले मनसुन फेरि सक्रिय भइ ठूलो पानी पर्न सक्ने मौसमविद् मानन्धरले बताए ।








प्रतिक्रिया दिनुहोस्