ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामसङ ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ सार्वजनिक


abc tv

काठमाडौं । सामसङ नेपालले स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ प्रस्तुत गरेको छ।

सामसङले आइतबार काठमाडौंको सोल्टी होटलमा एक कार्यक्रम आयोजना गरी दुईवटा नयाँ फोन सार्वजनिक गरेको हो।

सामसङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल २०२२ प्रियंका रानी जोशीद्वारा संयुक्त रुपमो संयुक्त रुपमा ती नयाँ मोबाइलहरुको अनावरण गरिएको थियो।

अनावरण कार्यक्रमको दौरान नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड५ को विभिन्न विशेषताहरु जस्तै पकेटेबिलिटी, कभर स्क्रीन, फ्लेक्स मोड, वाइड स्क्रीन, ईमर्सिभ भिउइंग, सेल्फि र आईपीह्ड रेटिङलाई फेसन रन–वेमा मोडलहरुले प्रदर्शित गरेका थिए।

‘चार वर्षअघि, सामसङले फोल्डेबल स्मार्टफोन अन्तर्गत क्रान्तिकारी उपकरणहरुको सुरुवात गरेको थियो। सामसङले निरन्तर रुपमा ग्यालेक्सी जेड सिरिजलाई उत्कृष्टता र परिष्कृत गर्दै लगेको छ। ग्यालेक्सी जेड फ्लिप५ को नयाँ फ्लेक्स विण्डोमा कन्टेन्ट सिर्जना गर्नेदेखि ग्यालेक्सी जेड फोल्ड५मा मल्टीटास्किङहरु गर्नसम्म सकिने, ग्यालेक्सी फोल्डेबलको यी सिरिजले आजका प्रयोगकर्ताहरुको उच्चतम आवश्यकताहरुलाई पूरा गरेर त्यसलाई अझ नयाँ स्थरमा पुर्याउनेछन्’ सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने।

दुवै ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५लाई धेरै टिकाऊ बनाउन सावधानीपूर्वक निर्माण गरिएको कम्पनीले जनाएको छ। मेन स्क्रीन शक डिस्पर्शन तहका साथ जडान गरिएको छ। यसका साथै आईपी८८ को रेटिङ, आर्मर अलुमिनियम फ्रेमहरु, र गुरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ। यसमा नयाँ एकीकृत हिन्ज मोडल जडित छ जसले बाह्य असरहरुलाई फैलिन दिँदैैन।

यसको खोज उद्देश्यमूलक रुपमै अधिकतम दिगोपनाको लागि गरिएको हो। उत्पादनको लाइफ साइकल बढाउन हरेक उपकरण ५ वर्षको सेक्यूरिटि अपग्रेड र ४ पुस्ताको ओएस अपग्रेडको साथ उपलब्ध छ।

ग्यालेक्सी जेड फ्लिप५ सम्झौता बिना स्व–अभिव्यक्त गर्ने अल्टिमेट पकेटेबल उपकरण
ग्यालेक्सी जेड फ्लिप ५ सेल्फ एक्सप्रेसनको लागि निर्मित पकेट साइजको उपकरण हो जसले स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्दछ।

ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ। यो ८ं २५६ जिबि मा मात्र उपलब्ध छ र यसको मूल्य रु।१ लाख ३९ हजार ९९९ तोकिएको छ ।

ग्यालेक्सी जेड फोल्ड५ः वाइड स्क्रीनयुक्त अल्टिमेट प्रडक्टीभीटी भएको पावरहाउस
वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलो र हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ।

ग्यालेक्सी जेड फोल्ड ५ कालो र निलो गरी २ प्रकारका आकर्षक रङ्गहरुमा पाइनका साथै १२ जीबी मेमोरी सहितका २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध छन्। ग्यालेक्सी जेड फोल्ड५ १२ं२५६ जीबीको मूल्य रु।२ लाख २६ हजा ९९९ र ग्यालेक्सी जेड फोल्ड५ १२ं५१२ जीबीको मूल्य रु।२ लाख ३९ हजार ९९९कायम गरिएको छ।

यी मोडलहरुको प्रि९अर्डर २०८० साउन २२ गतेदेखि नै शुरु भइसकेको छ। यसका साथै हरेक फोल्डेबल डिभाइसको प्रि–अर्डरमा ग्राहकहरुले रु।२५ हजार सम्मको फाइदा हुने केही आकर्षक उपहारहरु पनि रोज्न सक्नेछन्।

यसका साथै ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शून्य प्रतिशत ब्याजमा प्रतिमहिना सात हजारु रुपैयाँसम्मको न्यूनतम ईएमआई तिरेर फोन किन्न सक्नेछन।

सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस स्टोरको साथै देश भरिका २०० भन्दा बढी पसलहरुमा उपलब्ध छ। यसैगरी आफ्नो फोन अपग्रेड गर्न चाहना हुने ग्राहकहरुको लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ।

सामसङले आफ्ना ग्राहकहरुका लागि एक पटकको ब्रेकेज इन्सुरेन्स र प्रोटेक्टिभ फिल्म रिप्लेस्मेन्ट पनि एक वर्षको लागि उपलब्ध गराएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com