ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा ५२ लाख बढी नेपाली नक्कली नोट र मेसिनसहित ९ जना पक्राउ


ABC NEWS

काठमाडौं २६ साउन । ५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। काठमाडौंको गोंगबु बसपार्क र भक्तपुरको चाँगुनारायण–४ बुढाथोकी गाउँबाट गरी ५२ लाख ७५ हजार रुपैयाँ बराबरको नक्कली जस्तो देखिने नोटसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको हो।

लुम्बिनीबाट काठमाडौं आउँदै गरेको लु १ प ५ नम्बरको हरियो नम्बर प्लेटको पर्यटक बसलाई नागढु‌ंगामा चेकजाँच गर्ने क्रममा प्रहरीले शंकास्पद काटन फेला पारेको थियो।

उक्त काटनमा एक हजार दरका ३ हजार ५ सय ७३ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।

गाडीका चालक र सह–चालकलाई सो काटनमा ‘अचार छ’ भनी लुम्बिनी बसपार्कबाट पठाइएको प्रहरीले बताएको छ। त्यसपछि प्रहरी वृत्त थानकोट र नागढुंगाबाट खटिएको प्रहरी टोलीले चालक र सह–चालकलाई समेत लगी थप अनुसन्धान गरेको थियो।

अनुसन्धानको क्रममा गोंगबु बसपार्क र चाँगुनारायणबाट अन्य १ हजार ७ सय २ थान एक हजारका नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।

यसरी पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर बताउने ४० वर्षीय अर्जुन सुबेली, सिन्धुपाल्चोक कोठे घर बताउने २५ वर्षीय शुशिल कार्की, सिन्धुपाल्चोककै सुनकोशी गाउँपालिका–६ घर बताउने २३ वर्षीय शिव भण्डारी, मिलन भण्डारी र २४ वर्षीय कृष्ण भण्डारी, झापाको कमल गाउँपाकिाल ३ घर बताउने २९ वर्षीय युवराज राई, आछामको मल्लेख गाउँपालिका–२ घर बताउने अर्जुन बुढा, गुल्मीको वाडागाउँ गाउँपालिका–२ घर बताउने सागर आचार्य र नवलपरासप्को सरावल गाउँपालिका–१ घर बताउने पार्वती नेपाली रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट मनिटर, सीपीयु, किबोर्ड र माउससहित १ थान कम्युटर सेट बरामद गरेको छ।

साथै, नोट छाप्न प्रयोग हुने पेपर, मसीसहितको मेसीन पनि प्रहरीले बरामद गरेको छ।

३ वटा मोटरसाइकल, एउटा स्कुटर, स्मार्ट मोबाइल १० थान र सादा मोबाइल २ थान पनि बरामखद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com