काठमाडौँ २४ साउन । इटालीमा आप्रवासीहरू बोकेको डुंगा पल्टिँदा ४१ जनाको मृत्यु भएको छ । इटालीयन टापु लाम्पेदुसास्थित बुधबार डुंगा दुर्घटना भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
बीबीसीको समाचार अनुसार दुर्घटनामा जीवित भएका चार जना यात्रुहरूले आफूहरू ट्युनिसीयाको स्फ्याक्सबाट डुंगाको यात्रा गरेको बताएका छन् । उनीहरू इटाली जाने क्रममा डुंगा दुर्घटना भएको हो ।
उत्तर अफ्रिकाबाट युरोप जाने शिलशिलामा यस वर्ष मात्रै १ हजार ८ सय मानिसहरूले ज्यान गुमाइसकेका छन् । आप्रवासी तथा शरणार्थीको रुपमा असुरक्षित मार्ग हुँदै युरोप जाने क्रममा हरेक वर्ष यस्ता दुर्घटना हुने गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्