काठमाडौं, २४ साउन । भाग्न खोज्दा पक्राउ परेका दुईजना कैदीको अन्यले गरेको कुटपिटका कारण ज्यान गएपछि संखुवासभा कारागारमा तनाव भएको छ।
अन्य बहुसंख्यक कैदीको कुटाइबाट दुईजना कैदीको मृत्यु भएपछि अहिले कारागारा प्रशासनको अवस्था तनावग्रस्त बनेको हो।
मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामीको मृत्यु प्रकरणमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको जेलर राजेन्द्र घिमिरेले जानकारी दिए।
संखुवासभा कारागारबाट भाग्दा पक्राउ परेका २ कैदीको हत्या
तोलाङ्गी बलात्कार र बलामी चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए। दुई कैदीको मृत्यु र ९ जना कैदीबन्दी पक्राउ परेपछि कारागार क्षेत्रमा तनाव भएको हो।
अहिले भित्रबाट कैदीबन्दीले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन्।
मंगलबार राति कारागारको झ्यालको रड तोडेर भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेर फेरि कारागारमा लगेको थियो। तर उनीहरुलाई अन्य कैदीले कुटपिटपछि ज्यान गएको हो।
घटनापछि जिल्ला प्रशासन कार्यालयले एक छानबिन समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।








प्रतिक्रिया दिनुहोस्