ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेविसंघको मनोनयनमा सिटौला समूहको असन्तुष्टि, विद्रोह गर्ने चेतावनी


एबीसी न्यूज

काठमाडौं २३ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृसंगठन नेपाल विद्यार्थी संघमा गरेको मनोनयनलाई लिएर नेता कृष्णप्रसाद सिटौला समूहले आपत्ति जनाएको छ।

दुजाङ शेर्पालाई सभापतिमा मनोनयन गरेको डेढ वर्षपछि नेविसंघमा ७१९ जनालाई सोमबार केन्द्रीय समिति सदस्य बनाएका थिए।

तर सिटौला समूहले उक्त मनोनयनप्रति आपत्ति जनाउँदै समानान्तर समितिको अभ्यासमा जाने चेतावनी दिएको हो।

बागमती प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत रहेका नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले यो मनोनयनबाट संगठन अघि बढ्न नसक्ने बताए।

सिटौला समूहका नेविसंघ नेता मनिष सिंखडाले हिजो विद्यार्थीका सारथि भएका, विश्वविद्यालयमा गहन रुपमा काम गरेका, आन्दोलनको नेतृत्व गरेकाहरुलाई छुटाएर बनाइएको समितिको औचित्य नहुने बताए।

‘हिजो संघर्ष गरेका देशभरका संघर्षशील साथीहरूलाई छुटाएर नेताको खल्तीबाट मनोनित गरिएको छ’, उनले भने, ‘यति ठूलो जम्बो कमिटी बनाउँदा पनि संगठनका लागि योगदान दिएकाहरुलाई छुटाउनु राम्रो होइन।’

सिंखडाका अनुसार त्रिभुवन विश्वविद्यालयका नेता योगेन्द्र रावल, शंकरदेव क्याम्पसका नेता दीपक ओझा, जनमैत्री क्याम्पसका इकाइ अध्यक्ष निराजन शाही, आईओएम टिचिङका नेता सुमित बोहोरासहित कम्तीमा २० जना छुटेका छन्।

नेविसंघ झापाकाा नेता नवराज ढकाल र डडेल्धुराका नेता दुर्गा कापडीसहितको नाम छुटेको भन्दै सिंखडाले विद्रोहको चेतावनी दिएका हुन्।

उनले नेताको नजिक भएका र हिजो संगठनमा योगदान नै नदिएकालाई केन्द्रीय सदस्य बनाउने सभापति देउवाको कदमविरुद्ध विद्रोह गर्ने चेतावनीसमेत दिएका छन्।

विदेश जाने पनि समितिमा
देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेकाहरुमा केही विदेश गइसकेकाहरु पनि परेका छन्।

केन्द्रीय सदस्यमा मनोनित किरण भण्डारी, डा। रितेश चिमोरिया, अमृत वस्ती र रविन ढुङ्गाना लगायतका केही नेता विदेशमा छन्।

तदर्थ समितिमा राखिएपछि ढुङ्गानाले आफू समितिमा बस्न असमर्थ रहेको सामाजिक सञ्जालमा लेखेका छन्। दुई वर्षअघि नै तदर्थ समितिका लागि नाम दिए पनि अहिले राखिएको उनले गुनासो गरे।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com