ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी–पहिरोको कहर: काठमाडौँ प्रवेश गर्ने सबै नाका अवरुद्ध


ABC NEWS

काठमाडौं २३ साउन । अविरल वर्षापछि आएको बाढी पहिरोको कारण काठमाडौं प्रवेश गर्ने सबै सडक अवरुद्ध भएका छन्।

काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्ग नारायणगढ मुग्लिनसहितका सबै सडक बाढी पहिरोका कारण अवरुद्ध भएका हुन्।

नारायणगढ–मुग्लिन, बर्दिबास– सिन्धुली–बनेपा, हेटौँडा–कुलेखानी–बल्खु, कान्ति लोकपथसहित सबैजसो सडक पहिरोले अवरुद्ध हुँदा गएरातिदेखि नै काठमाडौं आवतजावत रोकिएको छ।

सडक अवरुद्ध हुँदा हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

चितवनको इच्छाकामना गाउँपालिका( ६ कालीखोलामा पहिरो खसेपछि नारायणगढ(मुग्लिन सडकखण्ड मंगलबार बिहानदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले जानकारी दिए।

त्यसैगरी बाढी पहिरोको कारण बर्दिबास–सिन्धुली–बनेपा सडक पनि अवरुद्ध भएको छ।

यो सडक अन्तर्गत बर्दिबास भिमान खण्डमा पर्ने चोरखोला र नेपालथोक(दुम्जा खण्डमा अहिले सवारी साधनको आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए।

‘चोरखोलामा ठूलो बाढी आउँदा बिहानैदेखि सडक अवरुद्ध छ,’ एसपी सिलवालले नेपालखबरसँग भने, ‘सिन्धुलीको दुम्जामा माथिबाट बगेर आएको लेदो माटो सडकमा थुप्रिदा यातायात चल्न सकेका छैनन्।’

त्यसैगरी नेपालथोक र काभ्रेको नमोवुद्ध क्षेत्रमा पनि ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको उनले जानकारी दिए।

‘पहिरो र लेदोमाटो हटाएर सडकमा सबारी साधन सञ्चालनको प्रयास भइरहेको छ। तर, पानी पर्न नरोकिएकाले काम प्रभावकारी हुन सकेको छैन,’ उनले भने।

पहिरो पन्छाउन नेपालथोक र दुम्जामा जेसिभी सडकमै राखिएको छ।

त्यसैगरी ठाउँठाउँमा पहिरो खसेपछि काठमाडौंलाई हेटौँडासँग जोड्ने दुईवटा छोटा सडकखण्ड पनि अवरुद्ध भएका छन्।

हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ र हेटौँडा भिफेदी–कुलेखानी–काठमाडौँ सडक पनि गएरातिदेखि नै अवरुद्ध छन्।

कान्ति लोकपथमा पर्ने मकवानपुरको बकैया गाउँपालिका ११ लामराङमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पहिरोले सडक अवरुद्ध भएपछि यो राजमार्ग हुँदै काठमाडौं–हेटौँडा आवतजावत गर्ने यात्रु बिचल्लीमा परेका छन्।

त्यसैगरी ठाउँ ठाउँमा पहिरो खस्दा हेटौँडा–कुलेखानी–बल्खु सडक पनि अवरुद्ध भएको छ।

यो सडक खण्डमा पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका– २ ज्यालटारमा पहिरो जाँदा हेटौँडा–बल्खु सडक खण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

वर्षाका कारण पहिरो खसेर बाटो अवरोध भएको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com