ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीको ५ दिने बैठक सम्पन्न : ‘तीन महिने अभियानका समयमा देशभरका सबै घर कुरिया नेताहरु पुग्ने’


ABC NEWS

काठमाडौं । माओवादीको ५ दिनसम्म चलेको केन्द्रीय ससमितिको बैठक सम्पन्न भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

पार्टी केन्द्रीय समिति बैठकको समापन गर्दै अभियानलाई लिएर सातवटा प्रदेशको ७ वटा वडामा आफू पनि पुग्ने बताए । जनताको एउटा घर पनि नछाडि जनताको गुनासो र आलोचना सुन्ने, सहिद परिवारको आफन्तलाई भेट्ने तीन महिले अभियान टुंग्याएर विधान सम्मेलनामा पुग्ने उनले उद्घोष गरे ।

यस्तै, माओवादीले आइटी फोरम नेपाल’ सञ्चालन गर्न निर्णय पनि गरेको छ ।
प्रचण्डले विश्व कम्युनिस्ट आन्दोलन शास्त्रीय कम्युनिस्टहरूको जस्तो तरिकाबाट अघि बढ्न नसकेको बताएका छन्।

आइतबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अहिलेको कम्युनिस्ट आन्दोलन माक्र्स एंगेल्सको पालामा जस्तो नभएको दाबी गरे।

‘अध्यक्षले अहिले विश्व कम्युनिस्ट आन्दोलन अहिले मार्क्स एंगेल्सको पालाको जस्तो छैन। त्यतिबेला जस्तो ध्रुवीकरण हुने बेला छैन,’ बैठकमा अध्यक्ष प्रचण्डले राखेको भनाई उदृत गर्दै एक सदस्यले नेपालखबरसँग भने, ‘अहिले ग्लोबलाइजेसनको जमान छ, सूचना प्रविधिको चरम विकास भएको अवस्था छ। यो बेलामा माक्र्सवादको चरम खोजी हामीले गरिरहेका छौं। पुरानो तरिकाले त्यो भेटिन्नँ।’

साथै, उनले मोहन वैद्य र डा. बाबुराम भट्टराईले लिएको बाटोभन्दा तुलनात्मक रुपमा आफूहरूको बाटो उत्कृष्ट भएको बैठकमा बताए।

‘पुरानै तरिकाले, शास्त्रीय कम्युनिस्टको तरिकाले त्यो भेटिन्नँ। वैद्यजीले जसरी पुरानै कुरा उठाइराख्नुभएको छ त्यसरी पनि भएन,’ उनले भने, ‘कम्युनिस्टको काम छैन भनेर हिँडेका बाबुराम पनि सफल हुनुभएन। त्यसकारण जे हामीले गरिराखेका छौं त्यो तुलनात्मक रुपमा ठिक छ र त्यसैलाई रुपान्तरणसहित अघि बढ्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com