काठमाडौं, १८ साउन । केन्द्रीय समिति बैठकमा धारणा राख्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तस्बिर प्रदीपराज वन्त
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका फाइल खोल्दा पार्टीभित्रकै मान्छे परेपनि नछाड्ने चेतावनी दिएका छन्।
प्रज्ञाप्रतिष्ठानमा जारी केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा धारणा राख्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै प्रमाण भेटिए पार्टीका नेता समेत कारबाहीमा पर्ने बताएका हुन्।
‘भ्रष्टाचार, तस्करी लगायतका फाइल खोल्दा हामीले को पर्छ भनेर हैन, जो परेपछि नछाड्ने दृढता लिएका छौं,’ श्रेष्ठले भने, ‘पार्टी भित्रका परे पनि पछाडि नहट्ने संकल्प हाम्रो छ।’
साथै, उनले सरकारले गरेको राम्रो कामको प्रचार नहुँदा विपक्षीले भ्रम फैलाएको पनि बताए।
‘अहिले सरकारले इतिहासकै उत्कृष्ठ काम गरिरहेको छ तर सरकारले गरेका राम्रा कामको जति प्रचार हुनुपर्थ्यो त्यो हुन सकेन,’ श्रेष्ठले भने, ‘प्रचार नभएकैले विपक्षीले हामीमाथि फैलाएको भ्रम चिर्न सकिएको छैन।








प्रतिक्रिया दिनुहोस्