ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले चल्न दिएन राष्ट्रिय सभा, सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउन माग


एबीसी न्यूज

काठमाडौं, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार बसेको राष्ट्रिय सभाको बैठक पनि चल्न दिएन।

प्रतिनिधिसभामा साउन १० देखि अवरोध गरिरहेको एमाले बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेर चल्न नदिएको हो।

बैठकको सुरुमा बोल्दै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले गत साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाइनुपर्ने माग गरे।

उनले नेपाल तस्करहरुको देशका रुपमा परिभाषित हुँदै बदनाम भइरहँदा नेपाली जनताको शिर पनि झुकेको बताए।

श्रेष्ठले यो प्रकरणमा जोसुकै संलग्न भएपनि उनीहरुलाई कानुनी दायरामा ल्याउने गरी उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि अवरोधमा उत्रिनुपरेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि कसैको कुरा नसुनी भ्रष्टाचारको फाइल खोल्ने भनिहरेका बेला माओवादी नेताहरु जोडिएका सुन तस्करी प्रकरणलाई ढाकछोप कोसि भएको बताए।

क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति नबनाएपछि राष्ट्रिय सभाको बैठक चल्न नदिने निर्णय भएको श्रेष्ठले भने।

सांसद श्रेष्ठले साउन ३ गते भएको सुन तस्करी प्रकरणमा रेडी ट्रेड प्रालि नामको कम्पनीलाई सेटिङकै सामान आयात गर्न अनुमति दिइएको बताए।

रेडी ट्रेड प्रालिले पानी तान्ने मेशिनबाट पनि सुन ल्याएको बताए। उनले साउन ३ गते बरामद सुन ब्रेक शुको नाममा आएको बताउँदै यसमा सरकारका मान्छेको मिलेमतो रहेको पनि बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com