ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिँचाइले उत्पादन बढायो


एबीसी न्यूज

काठमाडौं, १८ साउन । क्रमिकरूपमा कुलो निर्माणबाट रसुवामा भएको सिँचाइको व्यवस्थाले कृषि उपज बढ्न थालेको छ । सिँचाइ डिभिजन कार्यालयले किसानको माग र टट्कारो आवश्यक्ताअनुसार गत आर्थिक वर्षमा १२ वटा नयाँ सिँचाइ कुलो निर्माण र १० वटा भइराखेको सिँचाइ  कुलो मर्मत भएसँगै उर्वर भूमिमा पानीको आपूर्तिले कृषिउपज बढ्न थालेको हो ।
समय समयमा पानी नपर्दा कोदो खेतीसमेत बिग्रने जिवजिवेको भदौरे पाखामा सिँचाइको व्यवस्थाले अहिले धानसमेत फल्न थालेको छ । विगत वर्षदेखि पाखोबारीमा खेत बनाएर धान रोप्ने काम अगाडि बढिसकेको भदौरे क्षेत्रका किसानले बताएका छन् ।
सिँचाइ  डिभिजन प्रमुख इञ्जिनियर गोविन्द्रप्रसाद भुर्तेलका अनुसार जिल्लामा गत वर्ष कूल तीन सय ८० हेक्टर जमिनमा सिँचाइको सुविधा पु¥याई सकिएको र निर्माणका चरणमा अगाडि बढिरहेका क्रमागत केही सिँचाइ योजना भने चालु आर्थिक वर्षमा सम्पन्न हुनेछन् ।
सङ्घीय एवं प्रदेश सरकारको अनुदानबाट सिँचाइ कुलो निर्माण र मर्मतका साथै जिल्लाका विभिन्न भागमा १७ वटा नदी नियन्त्रणका काम सम्पन्न गरिएको बताइएको छ । सिँचाइ कुलो निर्माण, मर्मत तथा नदी नियन्त्रणलगायत कार्यसम्पन्न गर्न गत आर्थिक वर्षमा कूल रू १३ करोड पाँच लाख खर्च भएको उहाँ जानकारी दिनुहुन्छ ।
यसरी निर्माण गरिएका सिँचाइमा ठूला तथा मझौलासमेत रहेका छन् । उपभोक्ता समितिले जिम्मा पाएको प्रायः सिँचाइ योजना निर्माण सम्पन्न भइसकेका र टेन्डर गरिएका काम भने विविध कारणले अगाडि बढ्न नसकेको प्राविधिकले बताएका छन् ।
यस्तै जिल्लाको दक्षिणी भेकस्थित कालिका गाउँपालिका क्षेत्रभित्र अवस्थित जिवजिवेको आसपासमा पर्ने भदौरे गाउँ क्षेत्रमा निर्माण गरिएको नमुना थोपा सिँचाइले भने तीन सय ५० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेकोे छ ।
पाखोबारीलाई खेतमा रूपान्तरण गर्दै वर्षा याममा सौरेनी मुलको पानीबाट धान रोपाइँ गराउने र धाराबाट खेर जाने पानीलाई ट्याङ्कीमा सङ्कलन गरी हिउँद याममा तरकारी उत्पादन गराउने व्यवस्थापनले किसानमाझ उत्साह बढेको हो ।
वर्षायामको धान खेतीका लागि ६० हजार क्षमताको दुई र ३० हजार क्षमताको एउटा  एवं हिउँद याममा धाराबाट खेर जाने पानी सङ्कलनका लागि ५० वटा सिमेन्टका ट्याङ्की निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष तारानाथ पौडेल उल्लेख गर्नुहुन्छ ।
पानीको स्रोत नहुँदा बाँझो रहने जमिनलाई थोपा सिँचाइको अवधारणाअनुसार विसं २०७४ बाट क्रमागतरूपले निर्माण भएको भदौरे नामक थोपा सिँचाइ योजनाबाट तीन सय ५० घर परिवार लाभान्वित भएको बताइएको छ ।
सधैँभरी अधिकांश बाँझो बस्ने जमिनमा गरिएको सिँचाइको व्यवस्थाले मङ्सिरमा धान काट्ने र हिउँ याममा रोपिएका विभिन्न प्रकारका तरकारी टिप्न पाउँदा स्थानीय किसान हर्षविभोर भएको स्थानीय सामाजिक अभियानकर्मी बताउँछन् । भदौरे थोपा सिँचाइ योजना देशकै नमुना बन्दै गएको सिँचाइसँग सम्बन्धित प्राविधिकको भनाइ छ ।
विकासको पहुँचबाट पछाडि परिरहेको भदौरे क्षेत्रमा ढिलै भए पनि निर्माण भएको थोपा सिँचाइ  विकासले  समुदायको जीवनमा परिवर्तन ल्याएको र यस्तो जनहितकारी योजनाको डिजाइन गरी सञ्चालन गराउने डिभिजन सिँचाइ कार्यालयका तत्कालीन कार्यालय प्रमुख ई कृष्णबहादुर पाण्डे धन्यवादको पात्र रहेको यहाँका बासिन्दा बताउँछन्  ।
सिँचाइ क्षेत्रमा सरकारले गरेको लगानी जनहितकारी बन्दै गएको बताउँदै स्थानीय किसानले बढी भिरपाखामा  समय समयमा पहिरो जाने समस्या हुन थालेकाले विशेष जोखिम स्थानको भाग मर्मत गराउन वार्षिकरूपले थोरबहुत रकम मर्मतसम्भारका लागि उपलब्ध गराउन सरकारसमक्ष मागसमेत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com