ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीले स्टन्ट गर्दै हिंड्ने होइन, तत्काल राजीनामा दिनुपर्छ : एमाले


ABC NEWS
श्रावण १०, २०८० बुधबार  ३ : ३३ बजे

काठमाडौं १० साउन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका नाममा गृहमन्त्रीले स्टन्ट मात्र गरेको भन्दै उच्च स्तरीय छानबिन समिति बनाउन माग गरेको छ ।
बुधबार बसेको संसद बैठकमा आकस्मिक समय लिएर बोलेका एमाले प्रमुख सचेतक पदम गिरीले भन्सारबाट पास भएको १०० किलो सुन राजश्व अनुसन्धान विभागले ३ साउनमा बरामद गरेको उल्लेख गरे ।

‘राजश्व अनुसन्धान विभागलाई सूचना प्राप्त हुँदा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई थियो कि थिएन रु अवश्य थियो’ उनले भने, कर्मचारीको सेटिङले मात्र यस्तो सुन तस्करी भएको छैन ।’

पछिल्लो २३ महिनामा २० विन्टलभन्दा बढी सुन तस्करी भएको दाबी गर्दै उनले भने, ‘यसको संरक्षण कसले गर्‍यो रु गृहमन्त्रीले गर्नु भएको हो कि होइन रु प्रधामन्त्रीले गर्नु भएको हो कि होइन रु अर्थमन्त्रीले गर्नु भएको हो कि होइन ।’

गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुन सुकै कोट वा टार होस् म कारबाही गर्छु भनेर जजनतामा भ्रम छरेको भन्दै उनले भने, ‘गृहमन्त्री अब कुर्सीमा बस्न कुनै पनि हिसाबले लायक हुनुहुन्न । अब कुन नैतिक धरातलमा त्यो पदमा बस्न सुहाउँछ रु’

मन्त्रीहरुको सेटिङमा सुन तस्करी भएको दाबी गर्दै एमाले प्रमुख सचेतक गिरीले यसबारे छानबिन गर्न संसदले उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरे । उच्चस्तरीय छाबिन हुने र जरासम्म पुग्ने सुनिश्चितता नभए संसद अघि बढ्न नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com