ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरानमा डेंगुको महामारी : २ महिनामा ७ जनाको निधन


ABC NEWS
श्रावण १०, २०८० बुधबार  १ : ०८ बजे

विराटनगर १० साउन । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुले महामारीको रुप लिएको छ। अहिलेसम्म त्यहाँ डेंगु संक्रमित ७ जनाको उपचारका क्रममा ज्यान गएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले मंगलबारसम्म डेंगु संक्रमित ७ जनाको मृत्यु भएको पुष्टि गरे।

पोखरेलका अनुसार गत जेठ २३ गते धरान उपमहानगरपालिका–१७ की ३० वर्षीया महिलाले डेंगुबाट सुरूमा ज्यान गुमाएकी थिइन्।

त्यसपछि असार १५ गते धरान–११ की ४० वर्षीया महिलाल ज्यान गुमाइन्। यही साउन २ गते धरान_११ का ७९ वर्षीय वृद्धले ज्यान गुमाए।

त्यही दिन धरान–१८ की ८४ वर्षीया महिलाको पनि डेंगुबाट ज्यान गएको जानकारी पोखरेलले सञ्चारमाध्यमहरुलाई दिएका छन्।

उनका अनुसार साउन ३ गते धरान–५ की ५३ वर्षीया महिलाको ज्यान गयो। साउन ५ गते धरान–१० का ५६ वर्षीय पुरुष र धरान–२ का ७७ वर्षीय पुरुषको डेंगुका कारण ज्यान गयो।

यी ७ मध्ये जेठ २३ गते निधन भएकी महिलाको मृत्युको मुख्य कारण डेंगु थियो। अन्य ६ जनालाई डेंगुसँगै दीर्घरोगी पनि रहेको पोखरेलले बताए।

यी सातबाहेक अरु २ जनाको पनि डेंगुबाट निधन भएको बताइएको छ। तर पोखरेलले तिनको मृत्युको पनि पुष्टि प्रयास भइरहेको छ। उनीहरुको मृत्यु डेंगुबाट भए नभएको वडा कार्यालयबाट पुष्टि गर्ने प्रयासमा स्वास्थ्यकर्मी लागेका छन्।

पानीको पनि चरम संकट भोगिरहेको धरानमा सबैभन्दा धेरै ११, १३, १५, १६, १७ र १८ वडा प्रभावित भएका छन्।

पछिल्लो समय देशभर डेंगु फैलिँदै गएको छ। २०७९ पुसयता ४ हजार २८९ जनामा डेंगु पुष्टि भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा।रुद्र प्रसाद मरासिनीले बताए।

जसमध्ये सुनसरीमा मात्रै हालसम्म २ हजार ५४२ जना डेंगु सङ्क्रमित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

सम्बन्धित

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको हृदयघातबाट निधन

ग्यास अभाव कम गर्न निगमको नयाँ निर्णय: भोलिदेखि आधा सिलिन्डर मात्रै वितरण

इरान युद्धको पहिलो ६ दिनमै अमेरिकालाई ११.३ अर्ब डलर खर्च

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित NXT Summit 2026 मा रेनु दाहालले सम्बोधन गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com