ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको परिवर्तनमा माओवादीको मुख्य भूमिका : भाजपा


ABC NEWS

काठमाडौँ ९ साउन । भारतीय जनता पार्टीले नेपालको परिवर्तनमा माओवादी केन्द्रको अहम् भूमिका रहेको बताएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा भारत भ्रमणमा रहेका टोलीसँग कुरा गर्दै भाजपाका नेताहरुले सो कुरा बताएका हुन् ।

भाजपाको निमन्त्रणामा भारतको दिल्ली पुगेका नेताहरुले भाजपाको हेडक्वाटारमा विभिन्न तहका नेताहरुलाई भेटघाट गरेका छन् ।

माओवादीका नेताहरु हिजो (सोमबार) दुई पटक भाजपाको हेडक्वाटर पुगेर त्यहाँका नेताहरुसँग छलफल तथा भेटघाट गरेका थिए । उनीहरुले बिहान भाजपाका युथ कमिटी, महिला कमिटी तथा सञ्चार विभागसँग छलफल गरेका थिए ।

हिजो साँझामा भाजपाका अध्यक्ष जेपी नड्डासँग छुट्टै छलफल तथा भेटघाट थियो ।

सो छलफलमा अध्यक्ष नड्डाले भाजपा र माओवादी परिवर्तनकारी शक्ति रहेको भन्दै आआफ्नो देशमा दुवै दलले परिवर्तनका लागि संघर्ष गरिरहेको धारणा राखेका थिए ।

अध्यक्ष नड्डाले नेपालको परिवर्तनको मुख्यबाहक माओवादी रहेको धारणा राखेको टोलीमा रहेका माओवादीका एक नेताले बताए । माओवादी लामो संघर्ष गरेर आएको पार्टी भएको भन्दै नड्डाले भाजपा पनि लामो संघर्ष गरेर यो अवस्थामा आएको र भारतमा परिवर्तनका लागि प्रयासरत रहेको धारणा राखेका थिए । अध्यक्ष नड्डाले परिवर्तन, आर्थिक समृद्धि र विकासका लागि भाजपा र माओवादी मिलेर काम गर्नुपर्ने बताए ।

हालै सम्पन्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले पनि दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाएको भन्दै अध्यक्ष नड्डाले पार्टी–पार्टीको बीचमा पनि सम्बन्ध स्थापित गरेको धारणा राखेको बताइएको छ ।

यस्तै माओवादी केन्द्रका नेताहरुले मंगलबार नै भारतका विदेश मन्त्री एस।जयशंकरसँग भेट्ने कार्यक्रम रहेको छ । भ्रमणको कार्यतालिकमा विदेश मन्त्री एस। जयशंकरसँग भेट्ने कार्यक्रम नरहेपनि भाजपाले उनीसँग पनि भेटाउने तयारी गरिरहेको बुझिएको छ ।

हिजो माओवादीका नेताहरुले महिला, बालबालिका विकास मन्त्री स्मृति इरानीसँग भेटघाट गरेका थिए ।

माओवादीका नेताहरु बुधबार देहारादुनका लागि प्रस्थान गर्नेछन् । त्यहाँ ऋषिकेशनमा गंगा आरतीमा सहभागी हुनुको साथै उत्तराञ्चलका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटघाट गर्ने बताएको छ । माओवादीका नेताहरु दुई दिनसम्म देहरादुनमा रहने र साउन १२ गते नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com