ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सुन तस्करीका लागि ब्रेक सु’ ल्याउने कार्गोका दुई सञ्चालक पक्राउ


एबीसी न्यूज

 

काठमाडौं ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर भित्रिएको कम्तीमा एक क्वीन्टल सुन बरामद प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान विभागको टोलीले सुनसहित मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ नेपाल ल्याउने कार्गो कम्पनीका दुई सञ्चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन् ।

आफ्नो कुरियरबाट आएको सामानमा सुन भेटिएको थाहा पाएपछि भट्ट आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पुगेका थिए । त्यसक्रममा त्यहीँबाट उनलाई राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको स्रोतले बतायो ।

दुईवटा कुरियरबाट हङकङमार्फत क्याथे प्यासिफिकको उडानमा सुनसहितको ब्रेक सु नेपाल आएको थियो । स्रोतका अनुसार, हङकङमा रहेको क्लियरिङ एजेन्टले ‘अटो पार्ट्स’ भनेर सामान पठाएका थिए । क्याथे एयरलाइन्सले पनि ‘एयर विल’मा ती सामग्री ‘अटो पार्ट्स’ भएको उल्लेख गरेको छ ।

राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार, सामान चिनियाँ नगारिकले पठाएको पाइएको छ । उनको वी च्याट नम्बर पनि विभागले प्राप्त गरेको छ । ‘अहिले त्यो वी च्याटको नम्बर नै बन्द आइरहेको छ, कार्गोका एजेन्टसँग कुरा गरेर पत्ता लगाउने कोसिस गरिरहेका छौं’, विभाग स्रोतले भन्यो ।

मंगलबार राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको झण्डै १०० क्वीन्टल सुन बरामद गरेको थियो । प्रकरणमा यसअघि ६ जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलिप भुजेल, उनका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राई र तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ छन् । बिहीबार थप दुई जना पक्राउ परेसँगै यो प्रकरणमा नियन्त्रणमा पुगेकाको संख्या ८ पुगेको छ ।

पक्राउ परेपछि राजश्व अनुसन्धान विभागका अधिकारीहरुसँग बयान दिँदै भट्टले आफूहरुले ‘अटो पार्ट’का रुपमा मात्रै ती सामान ल्याएको बताएका छन् । ‘त्यसमा सुन थियो कि थिएन भन्ने हामीलाई थाहा हुने कुरा भएन, अटो पार्टस् छ भन्ने आधारमा त्यही अनुसारको शूल्क लिएर ल्याएका थियौं’, उनको बयान उदृत गर्दै स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com