काठमाडौ साउन २ । प्रहरीले नक्कली मुद्रा र सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोरखा आरूघाट गाउँपालिका(१० बस्ने ४८ वर्षीय दुर्गाबहादुर खत्री र भारतको लखनऊ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका(१० बस्ने ४५ वर्षीय विनय कुमार सिंह रहेका छन् ।उनीहरूलाई प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी ठोलीले बसुन्धाराबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट ४ किलो २ सय ग्राम नक्कली सुन तथा १६ हजार नक्कली भारतीय रूपैयाँ बरामद गरेको छ ।पक्राउ परेका उनीहरूमाथि मुद्रा सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगंजबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक एसपी सिताराम रिजालले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्