ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौतारी अध्यक्ष बस्नेतले आमामको नाममा पत्रकारिता पुरस्कार स्थापना गरे


ABC NEWS
माघ २२, २०७४ सोमबार  ६ : ०८ बजे

काठमाडौं २१ माघ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र उनका दाजु पत्रकार खडगबहादुर बस्नेतले आफ्नो स्वर्गीय हजुरआमा पदमलक्ष्मी बस्नेत र आमा सावित्री बस्नेतको नाममा पत्रकारिता पुरस्कार स्थापनाको गरेका छन । प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा बस्नेत दाजुभाईले ११ हजार १ सय ११ रुपैया रासीको ‘पदमलक्ष्मी सावित्री बस्नेत पत्रकारिता पुरस्कार’ घोषणा गरेका हुन् ।

जन्मदिने आमा र कर्म दिने अजुर आमाको नाममा स्थापित सो पुरस्कार प्रेस चौतारी नेपालको तर्फबाट हरेक बर्ष दिने र सो पुरस्कार रासी आफूहरुले बेहोर्ने अध्यक्ष बस्नेतले घोषणा गरे । दुधे अवस्थामै आमा गुमाएका बस्नेत दाजुभाईले हजुर आमा र आमाको सम्मानमा पुरस्कार स्थापना गरेको बताए ।

प्रेस चौतारीले यसअघि नै हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार, अग्निशिखा पत्रकारिता पुरसकार, बीरेन्द्रकुमार साह त्रियाशल युवा पत्रकारिता पुरसकार र डेकेन्द्र थापा पत्रकारिता पुरस्कार स्थापना गरी प्रत्येक बर्षप्रदान गर्दै आएको छ । पछिल्लो पुरस्कारसंगै चौतारीका तर्फबाट यो पांचौ पुरस्कार भएको छ ।

छ पत्रकार पुरस्कार प्रदान

प्रेस चौतारी नेपालको २०औँ स्थापना दिवसका अवसरमा आज विभिन्न पुरस्कार वितरण गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा एमाले उपाध्यक्ष गौतमले ती पुरस्कार वितरण गर्नुभएको हो । ‘हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार’ कृष्णमुरारी भण्डारी र ‘अग्निशिखा पत्रकारिता पुरस्कार’ रघु मैनालीलाई प्रदान गरिएको छ । दुवैको राशि रु १५ हजार रहेको छ ।

त्यसैगरी ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ धनकुटाका सिद्धराज राई र नेपालगञ्जका जनक नेपाललाई प्रदान गरिएको छ ।यस्तै ‘वीरेन्द्रकुमार साह क्रियाशील पुरस्कार’ दोलखाका मन्दिरा थापा र पर्साका भूषण यादवलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु पाँच हजार रहेको छ । पुरस्कृतलाई उपाध्यक्ष गौतमले प्रशंसापत्र र दोसल्ला ओढाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सम्बन्धित

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

नेपालीलाई दूतावासको चेतावनी– ट्रम्प नीतिमा सचेत नभए भिसा र ग्रिनकार्ड रद्ध हुन्छ

आज शहीद दिवस

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com