ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र चीनबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास


एबीसी न्यूज

काठमाडौ असार २६ । सङ्घीय संसद्, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले नेपाल र चीनबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास व्यक्त गरेका छन । यही असार २३ र २४ ९जुलाई ८–९ २०२३० गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोबल गुइयाङ–२०२३ कार्यक्रममा भाग लिएर सोमबार राति स्वदेश फर्किएपछि उनले आज पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन ।

यही असार २३ गते कार्यक्रम उद्घाटन समारोहमा उपसभामुख रानाले सम्बोधन गरेका थिए । उक्त समारोहमा रानाले नेपालको पर्यावरणीय अवस्था, जलवायु परिवर्तन र त्यसको असरलगायतका विषयमा बोलेका थिए । उक्त उद्घाटन सत्रको प्रमुख वक्ताका रूपमा जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य लिउ गोउजोङ हुनुभएको र गिनीका उपराष्ट्रपति र मलेसियाका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीले पनि आफ्नो मन्तव्य राख्नुभएको उपसभामुख रानाले जानकारी दिए ।

सो कार्यक्रममा सहभागी हुन चीन गएको उपसभामुख रानासहितको नेपाली टोलीलाई गुइछुउ मा उक्त प्रदेशका सरकार तथा पार्टीका नेताले भेट तथा स्वागत गरेका थिए । कार्यक्रमको मुख्य सत्रमा नेपाली सङ्घीय प्रतिनिधिमण्डलले ग्रीन एण्ड लो–कार्बन डेभलपमेन्ट शीर्षकको छलफलमा भाग लिएको थियो । उक्त सत्रमा नेपालका तर्फबाट उपसभामुख रानाले नेपाल–चीन सम्बन्ध, पर्यावरण संरक्षणका लागि नेपालले गरेको प्रयास र त्यसका लागि मित्रराष्ट्र चीनले गर्नसक्ने सहकार्य, हिमालय क्षेत्रमा बसोबास गर्ने मानव समुदायको जीविकोपार्जनका लागि गर्नसक्ने सहयोगलगायतका विषयमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com