काडमान्डौ २५ असार। पोखरा महानगरपालिकाले पृथ्वी राजमार्ग अन्तर्गत पोखरा पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ ९२३ मिटर मापदण्डभित्र परेका संरचना हटाउन थालेको छ ।
सोमबारदेखि ती संरचना हटाउन सुरु गरिएकोछ ।
एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको भए पनि अटेरी गरेकालाई हटाउन लागिएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । उनकाअनुसार स्थायी(अस्थायी गरेर ६० भन्दा संरचनामा डोजर चलाउन लागेको हो ।
‘बाटोका लागि एडीबीको टिम पर्सि आउँदैछ । त्यो भन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर महानगरले सहजीकरण गर्न लागेको हो,’ मेयर आचार्यले भने ।
एसियाली विकास बैंक ९एडीबी०को सहयोगमा यो राजमार्गलाई विस्तार गरेर ४ लेन बनाउन लागिएको हो ।
विजयपुरदेखि लेखनाथ क्षेत्रमा भने मुआब्जाको विषय टुंगिन बाँकी रहेकाले त्यहाँका संरचना हटाउन केही समय लाग्ने महानगरले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्