ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सभाको पहिलो बैठक, आज चारवटा प्रदेशमा कसरी हुदैछ तयारी


एबीसी न्यूज

काठमाडौं, २१ माघ । देशमा तीन चरणको निर्वाचन पछि आज चार ओटा प्रदेशमा पहिलो चरणको बैठक वस्दै छ । सात ओटा प्रदेश मध्य प्रदेश नम्बर २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बस्न छ ।
आज बैठकमा मुख्य तीनओटा एजेण्ड प्रस्तुत गरिने छ जसमध्य प्रदेश प्रमुखको पत्र वाचन, अन्तरिम प्रदेशसभा सञ्चालन कार्यविधी पारित र सभामुखको चुनावको मिति तय गर्नु रहेको छ । बैठकमा सभामुख चयन भइनसकेकाले ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता रहने छ । बैठकमा सवै दलका तर्फबाट एकएक जना सदस्य र स्वतन्त्र सांसदले आफ्ना धारणा राख्नेछन् ।
कुन प्रदेशमा कस्तो छ तयारी
प्रदेश नंं २
बैठक आइतबार दिनको ११ बजे शैक्षिक तालीम केन्द्र जनकपुरधाममा स्थापना गरिएको प्रदेशसभा भवनमा बस्ने भएको छ ।
प्रदेश नं २ को प्रदेशसभाको सभामुखको चुनाव फागुन २ गते हुने भएको छ । सर्वदलीय बैठकले मस्यौदाको कार्यसूचीलाई सर्वसम्मतिबाट अनुमोदन गरी मिति निर्धारण गरेको हो ।

 

कार्यव्यवस्था परामर्श समितिको माघ २९ गते बिहान ८ बजे बस्ने बैठकले सभामुखको निर्वाचन तालिका निर्धारण गरी सोही दिन १ बजे बस्ने प्रदेशसभाको बैठकमा सो तालिका प्रस्तुत गरिने बताइएको छ ।
बैठकले प्रदेशसभा सदस्य, सभामुख, कर्मचारी, मर्यादापालकका पोशाक, सिट निर्धारण, अध्यक्ष मण्डलको मनोनयन, सभाको अन्तरिम कार्यविधिको मस्यौदा कार्यसूचीलाई अनुमोदन गरेको छ ।

प्रदेश नं. ५

पाँच नम्बर प्रदेशसभाको बैठक बुटवल उद्योग बाणिज्य संघको सभाहलमा बस्दै छ । दिउँसो १ बजे सुरु हुने बैठकको सबै तयारी पूरा भएको छ ।
सभामुखको कुर्सी, रोष्टम, सांसदहरुलाई बस्ने कुर्सी, आगन्तुकलाई राख्ने कुर्सी सबै तयार भएका छन् ।

 

भवनभित्र तीन लाइनमा कुर्सी राखिएको छ । जहाँ एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, फोरम र राजपाका सांसद क्रमशः बस्नेछन ।
बैठकमा समामुखले प्रदेश प्रमुखको पत्र पढेर सुनाउने, दलीय अधारमा प्रदेश सभा सदस्यहरुले आफ्नो मन्तव्य राख्ने, अन्तरिम कार्यविधि पारित गर्ने लगायतको कार्यसूचि रहेको छ ।
दलहरुबीच सभामुखको चुनाव माघ २८ गते गर्ने सहमति भएकाले आजको बैठकले माघ २८ गते सभामुखको मिती तोक्ने छ । आजको बैठकको अध्यक्षता जेष्ठ सदस्य ८० बर्षिय बलदेव शर्मा पोखरेलले गर्न् तय भएको छ ।

प्रदेश नं ६
प्रदेश सभाको बैठक वीरेन्द्रनगरस्थित सिँचाइ डिभिजन कार्यालयको सभा हलमा बैठक बस्दै छ ।

आज दिउँसो १ बजे शुरु हुने बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाइने, शहीदप्रति श्रद्धान्जलि व्यक्त गरिने, सभाअध्यक्षसहित प्रदेश संसद्मा प्रतिनिधित्व गरेका पार्टीका एक–एक सदस्यले मन्तव्य राख्ने, अन्तरिम कार्यविधि तय गरिने र सभामुखको निर्वाचनको मिति तोकिने कार्यसूची तय गरिएको छ ।

बैठकमा पत्रकारको प्रवेशका लागि संसद् सचिवालयले परिचयपत्रको व्यवस्था गरेको छ भने पत्रकारलाई मर्यादित पोशाक लगाउन आग्रह गरिएको छ ।

प्रदेश नंं ७

प्रदेशसभा बैठक कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा बस्दै छ ।
बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिनुभयो ।
प्रदेशसभा बैठकस्थलमा ३० जना मर्यादापालक परिचालन गरिने छन् । प्रहरी निरीक्षकको नेतृत्वमा खटिने मर्यादापालकले आवश्यक तालीमसमेत लिइसकेका छन् । त्यसका साथै बैठकस्थल बाहिर नेपाल प्रहरीले सुरक्षा दिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।

आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा चारवटा कार्यसूची रहेको प्रदेश संसद् सचिवालयले जनाएको छ । पहिलो बैठकको ज्येष्ठ सदस्य दिव्येश्वरी शाहको अध्यक्षतामा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com