ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख (भिडियो)


एबीसी न्यूज
असार २२, २०८० शुक्रबार  ९ : ५७ बजे

काठमाडौंं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा अघिल्लो वर्षको तुलनामा यस वर्षको परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो ।

अघिल्ला वर्षमा कोभिड–१९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाएकाले नतिजा कमजोर रहेकामा अहिले नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ । रोल..
राष्ट्रिय परीक्षा बोर्डले २०७९ चैत्र महिनामा संचालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ रहेको छ। यो कुल परीक्षार्थीको ४.६३ प्रतिशत हो ।

यसैगरी कार्यालयका अनुसार ३.२० देखि ३.६० जीपीए ल्याउनेको विद्यार्थी संख्या ५५ हजार ६९ रहेको छ । जुन ११.३६ प्रतिशत हो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजा हेर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा विगतको तुलनामा सुधारात्मक देखिएको छ । परीक्षा नियन्त्रक कार्यालयले सार्वजनिक नतिजा नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने बताएको छ । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याएपनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष गत वर्षको तुलनामा राम्रो नतिजा आएको छ । परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले ४ लाख ८४ हजार ९३९ सहभागी विद्यार्थीमध्ये ३.६० बाट ४ जिपीए ल्याउने विद्यार्थीको संख्या गत वर्षको तुलनामा १.९४ प्रतिशतबाट यसवर्ष ४.६३ प्रतिशत जिपीए ल्याउन सफल भएको बताए । गत वर्ष ९ हजार ६३३ जना विद्यार्थी भएकोमा यस वर्ष २२ हजार ४ सय ७५ जना विद्यार्थीले ३.६० बाट ४ जिपीए ल्याएका छन । त्यस्तै, ३.२० देखि ३.६० जिपीए ल्याउने विद्यार्थीहरु ११.३६ रहेको र गत वर्ष ८.४० प्रतिशत रहेको छन ।

त्यस्तै, ०.८ देखि १.२ सम्म २ हजार २ सय परीक्षार्थीले जिपीए प्राप्त गरेका छन । १.२ देखि १.६ सम्म ३८ हजार ७ सय ७० परीक्षार्थीले उक्त जीपीए प्राप्त गरेका छन् । त्यस्तै १.६ देखि २ सम्म ल्याउने ८८ हजार ४४७ परीक्षार्थी छन् । २ देखि २.४ सम्म ल्याउने परीक्षार्थी संख्या १ लाख २ हजार २९३ जना छन् । २.४ देखि २.८ सम्म ल्याउने ८९ हजार ३ सय ३१ जना परीक्षार्थी छन् । २.८ देखि ३.२ सम्म जीपीए ल्याउने विद्यार्थी संख्या ७२ हजार ३६२ जना छन् । ३.२ देखि ३.६ सम्म ल्याउने परीक्षार्थी संख्या ५५ हजार ६९ जना छन् । ३.६ देखि ४ सम्मको जीपीए ल्याउने संख्या २२ हजार ४७५ जना छन् । त्यस्तै जिपीए ग्रेड प्वाइन्ट प्राप्त नभएका अर्थात सबै विषयको परीक्षा नदिएकाको संख्या र अनुपस्थित विद्यार्थीको संख्या १३ हजार ९ सय ९२ जना छन् ।

परीक्षा बोर्डले गत वर्षको भन्दा यस वर्षको नतिजा राम्रो भएको दाबी गरेको छ । वि.सं. २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ । नयाँ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ । नयाँ निर्देशिका अनुसार नतिजा सार्वजनिक गर्दा धेरै विद्यार्थी नन् ग्रेडमा पर्ने सम्भावना रहेकाले बोर्डले धेरै विद्यार्थीलाई माथिल्लो तह पढ्न पाउने गरी नतिजा सार्वजिनक गरेको हो । पुरानो व्यवस्था अनुसार दुई विषयसम्म ननग्रेड भएपनि तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म देश भरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित कक्षा १० को अन्तिम परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कुल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

काठमाडौंमा डोजर आतंक कि व्यवस्थापन सुधार ?देवीनगरमा साततले घर भत्कियो—प्रशासन कहाँ थियो यत्रो वर्ष ?

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com