ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरूद्ध गर्न मिल्दैनः उपप्रधानमन्त्री श्रेष्ठ


एबीसी न्यूज
असार २१, २०८० बिहीबार  ९ : ०३ बजे

 

काठमाडौं २१ असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरूद्ध गर्न नमिल्ने बताएका छन्।
पार्टीनिकट प्रेस सेन्टरले बिहीबार बिहान चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरूद्ध गर्नु संसदीय मान्यताविपरितको कुरा रहेको बताएका हुन्।
‘स्टन्टबाजीको रूपमा बाहिर प्रचार गर्नु र भाषण गर्दा बोल्नु एउटा कुरा हो,’ उनले भने, ‘तर प्रधानमन्त्री जो बहुमतद्वारा निर्वाचित छ, उहाँको राजीनामा माग गरेर संसद अवरूद्ध गर्नु संसदीय मान्यताविपरीतको कुरा हो। त्यसो गर्न मिल्दैन।‘
उपप्रधानमन्त्री श्रेष्ठले यी कुराहरू बुझेर विपक्षी दलहरूले संसदलाई सुचारू गर्न सहयोग गर्नेमा आशावादी रहेको बताए।
पार्टीका वरिष्ट उपाध्यक्षसमेत रहेका श्रेष्ठले भ्रष्टाचारको फाइल अनुहार हेरेर नखोलिएको पनि बताए। उनले भ्रष्टाचारविरूद्धको अभियानमा प्रहरीलाई कुनपनि दबाब र प्रभावमा नपरी स्वतन्त्र ढंगले काम गर्न निर्देशन दिइएको र प्रहरीको अनुसन्धानमा जजसलाई ल्याउनुपर्ने देखिन्छ उनीहरूलाई कानुनी दायरामा ल्याइने बताए।

‘तथ्य र प्रमाणले जे देखाउँछ त्यो आधारमा जहाँसम्म पुग्नुपर्छ त्यहाँसम्म पुग्नुस् भनिएको छ। त्यो निर्देशन अनुसार प्रहरी संगठनले स्वतन्त्र र निष्पक्ष ढंगबाट अनुसन्धान अगाडी बढाइराखेको छ,’ उनले भने, ‘तर हामी पार्टीसँग वा कुन समूदायसँग वा नातासम्बन्ध भनेर छुट दिँदैनौं। अनुसन्धानले जसलाई ल्याउनुपर्ने देखाउँछ त्यसलाई ल्याउँछौं। यो अभियान जारी छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

काठमाडौंमा डोजर आतंक कि व्यवस्थापन सुधार ?देवीनगरमा साततले घर भत्कियो—प्रशासन कहाँ थियो यत्रो वर्ष ?

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com