ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा मेलम्चीको पानी कम्तीमा दुई महिना बन्द


एबीसी न्यूज
असार २०, २०८० बुधबार  ११ : १९ बजे

काठमाडौ असार २० ।उपत्यकामा वितरण भइरहेको मेलम्चीको पानी कम्तीमा दुई महिना पूर्ण रूपमा बन्द गरिएको छ । वर्षाका कारण सिन्धुपाल्चोक हेलम्बुस्थित मुहानको पानीमा माटो र बालुबा मिसिन थालेपछि सुरुङ बन्द गरिएको हो । पानी बन्द गरेपछि उपत्यकामा नयाँ पाइपलाइन बिछ्याएको स्थानमा भने पानीको बढी समस्या हुने दे खिएको छ । मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठका अनुसार २६ किमि सुरुङको सुरक्षालाईसमेत ध्यानमा राखेर गत सातादेखि नै आगामी भदौसम्मका लागि पानी बन्द गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत २ गते मेलम्ची मुहान पुगेर पानी बाह्रै महिना सञ्चालन गर्न सबै उपाय अपनाउने घोषणा गरेका थिए । उनले यस्तो घोषणा गरेको दुई सातामा पानी बन्द भएको छ । ‘वर्षा सुरु भएकाले उपत्यकामा पानीको ठूलो समस्या नहोला कि भन्ने अपेक्षा गरेका छौं,’ श्रेष्ठले भने ।२०७८ साल असारमा आएको बाढीले मुहानको माथिल्लो भागबाट आएको बाढीपहिरोबाट क्षतिग्रस्त आयोजनाको पुनः निर्माण हुन सकेको छैन ।

दीर्घकालीन रूपमा मेलम्चीलाई कसरी स्थायित्व दिने योजना बन्न सकेको छैन । ‘बाढीपहिरो आउनुअघि सामान्य वर्षातमा पानी धमिलो नहुने मेलम्ची खोलाको पानीमा अहिले बालुवा र माटो बगेको छ,’ कार्यकारी निर्देशक श्रेष्ले भने,‘धमिलो पानी पठाउन त सकिने भए पनि जोखिम नउठाएको हो ।’दैनिक १७ करोड लिटर पानी पठाउँदा जम्मा हुने बालुवाले सुरुङलाई असर गर्ने समस्याका देखिएको आयोजनाले जनाएको छ । खानेपानी मन्त्रालयसँगको समन्वयमा भएको छलफलमा जोखिम मोलेर पानी सञ्चालन नगर्ने निर्णय भएकाले बन्द गरिएको जानकारी श्रेष्ठले दिए । उनले सुरुङ जोगाउन पनि पानी बन्द गरेको तर्क गरे ।

आयोजनाले दुई महिना बन्द हुने भने पनि वर्षा भइरहेमा पानी वितरण थप समय हुन नसक्ने प्राविधि बताउँछन् । पानी पर्नेवितिक्कै हेडवर्क्सको माथिल्लो भागबाट लेदो माटो बग्ने गरेको छ । बाढीले क्षतिग्रस्त हेडवर्क्स अस्थायी रूपमा मर्मतका लागि समयमा काम हुन नसक्दा समस्या झन् थपिएको भनाइ आयोजनाका अधिकारीहरूको रहेको छ । चालु वर्षको बजेट वक्तव्यमा मेलम्ची बोर्ड खारेजीको घोषणा गरेपछि आयोजना अघि बढाउन निकै कठिन भएको थियो । नौ महिनापछि बोर्डलाई नयाँ प्रावधानसहित ब्युँताइएको थियो । बोर्डको अभावमा आयोजनाका काममा अवरोध सिर्जना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लोकतन्त्रको उपेक्षा ः कांग्रेस नेता, किरण, एमाले नेता, शान्ती , नेकपा नेता, कुँवर । भिडियो

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com