ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभियुक्तलाई भाग्न मद्दत गर्न सक्ने भन्दै भाटभटेनीका मिनबहादुरलाई थुनामै राख्न माग


एबीसी न्यूज

 

काठमाडौं १९ असार । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले अन्य प्रतिवादीलाई भगाउन र प्रमाण नष्ट गर्न सक्ने प्रहरीको निष्कर्ष छ।
प्रहरीले सर्वोच्च अदालतलाई बुझाएको लिखित जवाफमा भाटभटेनी सुपर मार्केटका मुख्य संस्थापक, प्रवर्द्धक र व्यवसायी गुरुङ प्रभावशाली व्यक्ति भएकाले उनले प्रमाण नष्ट गर्न सक्ने उल्लेख छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० प्रमुख किरण बज्राचार्यद्वारा प्रेषित जवाफमा ‘गुरुङलाई थुनामा नराखी अनुसन्धान गर्दा अन्य प्रतिवादीलाई भाग्न मद्दत गर्न सक्ने प्रबल सम्‍भावना देखिएको’ उल्लेख छ। उनले साक्षी तथा जाहेरवालालाई समेत प्रभाव पार्न सक्ने प्रहरीको निष्कर्ष छ।

‘निजलाई थुनामा नराखी अनुसन्धान गर्दा पूरै अनुसन्धान प्रभावित भई तथ्यपरक अनुसन्धान गर्न र अपराधको सञ्‍जाल पहिचान तथा तहकीकातमा कठिनाइ हुने अवस्था देखिएको र निज प्रतिवादीको अख्तियार प्राप्त अधिकारी समक्ष बयान गराउने कार्य बाँकी नै रहेको हुँदा निजलाई थुनामा नै राखी मुद्दाको अनुसन्धान गर्नुपर्ने विद्यमानता रहेको’ महान्यायाधिवक्ता कार्यालय मार्फत बुझाइएको लिखित जवाफमा भनिएको छ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा सरकारी कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र गोपाल कार्कीको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले असार १५ मा गृह मन्त्रालयलाई २४ घण्टाभित्र जवाफ पेश गर्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com