ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा सरकार बनाउन देउवाले लिङ्देनको सहयोग मागे,राप्रपा अझै अनिर्णित


ABC NEWS
असार १९, २०८० मंगलबार   २ : ०२   बजे

काठमाडौं १९ असार । कोशी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने सहमति सत्ता गठबन्धनमा जुटाएपछि नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहयोग मागेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले विभिन्न तहका नेताहरु परिचालित गरेर कोशीमा राप्रपालाई आफ्नो पक्षमा ल्याउने पहल थालेका हुन्। कोशी प्रदेश सभापति एवम् संसदीय दलका नेता उद्धव थापालाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको कांग्रेसले राप्रपासको साथबिना सरकार बनाउन सक्दैन।यो अवस्थमा कांग्रेस सभापति देउवाले विभिन्न तहका नेताहरुलाई राप्रपा फकाउन परिचालित गरेका हुन्। कांग्रेसबाट नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र कोशीमा संसदीय दलका नेता उद्धव थापा पनि राप्रपा नेताहरुलाई फकाउन सक्रिय भएका छन्। ९३ सांसद रहेको कोशीमा सरकार बनाउन बहुमतका लागि ४७ जना चाहिन्छ।
यस्तोमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ सहित सत्ता गठबन्धनसँग सांसद संख्या ४६ मात्रै हुन्छ।६ जना सांसदसहितको राप्रपा यसअघि एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की नेतृत्वको सरकारमा थियो। तर राप्रपाले कार्की नेतृत्वको सरकार ६ महिनामै ढलेपछि आफूलाई खुल्ला गरिसकेको छ।यो अवस्थामा कोशीमा निर्णायक बनेको राप्रपालाई आफूतिर तान्न कांग्रेसले बल गरिरहेको छ।
‘कांग्रेसका नेताहरु विभिन्न च्यानलबाट हामीसँग सहयोग माग्दै आउनु भएको छ’, राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने, ‘तर हामीले कोशीको सरकारबारे अहिलेसम्म कुनै निर्णय गरिसकेका छौँ। अध्यक्ष राजेन्द्र लिङ्देन पनि अहिले आन्तरिक परामर्श र संवादमै हुनु हुन्छ।’कोशीबारेमा निर्णय लिने जिम्मा पनि राप्रपाले लिङ्देनलाई दिएको छ। तर यसअघिका चुनावमा एमालेसँग तालमेल गरेकाले उक्त सहकार्य तोडेर अर्को गठबन्धनसँग मिसिने कुराको निष्कर्षमा पुगिसकेका छैनन्।कोशीमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले गठबन्धनका नेताहरुबाट कुरा आए पनि अझै निर्णयमा पुगिनसकेको बताए। स्रोतका अनुसार कोशीमा नयाँ सरकारलाई लिएर राप्रपामा दुई धार देखिएको छ।
अध्यक्ष लिङ्देनसहितका नेताहरु एमालेसँगको सहकार्य बचाइराख्नुपर्ने पक्षमा देखिएका छन्। तर वरिष्ठ नेता पशुपति शमशेर जबराहरु कांग्रेससँग सहकार्य गरेर जानुपर्ने पक्षमा देखिएका छन्। सरकारका लागि ४७ जनाको बहुमत पुर्‍याउने कसरतमा कांग्रेस लागेको छ। राप्रपाले साथ दिएमा गठबन्धनसँग ५२ जना सांसद हुनेछन्। जसले सजिलै सत्ता यात्रा हुने आकलनसहित कांग्रेस अहिले राप्रपा फकाउन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group