ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डरलाग्दो तथ्य खुलासा : मानिसको मस्तिष्कको आकारमा १०.७ प्रतिशतले कमी


एबीसी न्यूज
असार १९, २०८० मंगलबार  ११ : ०४ बजे

एजेन्सी । मानिसको मस्तिष्क लगातार साँघुरिंदै अर्थात् खुम्चिँदै गएको छ । मस्तिष्कको आकार घटिरहेको छ । यसको कारक तत्वचाहिं जलवायु परिवर्तन हो ।

जलवायु परिवर्तनको दर बढ्दै जाँदा मानिसको मस्तिष्कको आकार झनै घट्दै जाने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् ।

पछिल्लो ५० हजार वर्षमा जलवायुमा आएको परिवर्तनसँगै बदलिएको मानिसको शरीरसम्बन्धी रेकर्ड वैज्ञानिकहरुसँग छ । क्यालिफोर्नियास्थित नेचरल हिस्ट्री म्युजियमका वैज्ञानिक जेफ मोर्गन स्टिबलले बदलिंदो जलवायु परिवर्तनबाट सिर्जित तनावलाई मानिसले कसरी खपिरहेको छ र जलवायु परिवर्तनसँग मानिसको मस्तिष्क कसरी अनुकूलित भएको छ भन्ने कुराको अध्ययन गरे । उक्त शोधको रिपोर्ट ब्रेन, बिहेवियर एण्ड इभोल्यूसन जर्नलमा प्रकाशित भएको छ ।

शोधकर्ताका अनुसार जसरी अहिले विश्वभर जलवायुमा परिवर्तन आइरहेको छ र तापमानमा वृद्धि भैरहेको छ यस्तोमा मानिसको मस्तिष्कमा पर्ने जलवायु परिवर्तनको प्रभावलाई बुझ्न सहज छैन । यद्यपि अध्ययनबाट के पुष्टि भएको छ भने जलवायु परिवर्तनसँगै मानिसको मस्तिष्क खुम्चिँदै गएको छ र सानो भैरहेको छ । यसले मानिसको व्यवहारमा पनि असर परिरहेको छ ।
अध्ययनका क्रममा मोर्गनले नमूनाको रुपमा २ सय ९८ वटा मानव मस्तिष्कको आकारको नापजाँच अध्ययन गरेका थिए । जुन मानिसका मस्तिष्कका पुरानो जिवाश्महरु थिए । ती मस्तिष्कका विभिन्न ३७३ वटा मापन लिइएको थियो । मस्तिष्कका नमूनाहरुमा ५० हजार वर्ष पुरानादेखि नयाँसम्मका रहेका छन् ।

शोधकर्ताले यस अवधिको विश्वव्यापी तापमान, आद्रता तथा वर्षाको आँकडाको पनि अध्ययन गरेका थिए । त्यसक्रममा के देखियो भने जब जलवायुमा परिवर्तन आएर गर्मी बढ्दछ तब मानिसको दिमागको औसत आकार घट्न थाल्दछ । जबकि चिसो मौसममाचाहिं मस्तिष्कको आकार बढ्दछ ।

जेफका अनुसार कतिपय प्रजातिका जीवहरुको मस्तिष्कको आकार भने पछिल्ला केही लाख वर्षयता बढिरहेको छ । मानिसको हकमा भने त्यसको उल्टो भएको छ ।

अध्ययनका क्रममा जेफले मस्तिष्कका नमूनाहरुलाई १०० वर्ष, पाँच हजार वर्ष, १० हजार वर्ष र १५ हजार तथा त्योभन्दा बढीको वर्गमा बाँडेका थिए । यसबाट उनले चारवटा अलग अलग समयको अलगत अलग मौसमको हिसाब गर्दै त्यसको हिसाबले मस्तिष्कको आकारको विश्लेषण गरे ।

मौसमजन्य तथ्यांकहरु युरोपियन प्रोजेक्ट फर आइस कोरिंग इन अन्टार्कटिका डोम सीबाट लिइएको थियो । यो परियोजनाले ८ लाख वर्ष पहिलेसम्मको पृथ्वीको सतहको तापक्रमको रेकर्ड राख्दछ ।

पछिल्लो ५० हजार वर्ष ग्लेसियल मेक्सिमम भनिने अवधि थियो । जसका कारण पृथ्वीको औसत तापमान चिसो रह्यो । त्यसपछि आएको होलोसिन अर्थात् आधुनिक मानिसको संसारमा तापमान बढ्न सुरु गर्‍यो ।

होलोसिनको सुरुआत अर्थात् करिब १२ जार वर्षअघिदेखि अहिलेसम्म मानिसको मस्तिष्कको आकारमा १०.७ प्रतिशतले कमी आएको अध्ययनले देखाएको छ ।

शोधकर्ता जेफका अनुसार अन्तिम ग्लेसियल मेक्सिमम १७ हजार वर्ष अघिदेखिबाट सुरु भएको थियो । त्यसपछि चाहिं तापक्रम लगातार बढिरहेको छ र मौसम पनि परिवर्तन भैरहेको छ । यसका कारण मानिसको मस्तिष्क पनि सानो हुँदै गएको छ ।

मानिसको मस्तिष्क साँघुरिने प्रक्रिया पछिल्लो पाँच देखि १७ हजार वर्षको बीचमा सबैभन्दा तीव्र बनेको शोधकर्ताको भनाइ छ । यसको प्रमुख कारण चाहिं विश्वमा बढिरहेको तापमान हो । विश्व उष्णीकरणको दर निरन्तर बढिरहेको छ ।

लामो समयमा यसको असर मानिसको दिमागमा पर्नेछ र मस्तिष्कको आकार अझै सानो हुनेछ । मस्तिष्कको आकार घट्नुको असर मानिसको शरीरमा तथा व्यवहारमा पनि पर्ने पक्का छ । तर त्यसबाट कस्तो असर पर्दछ भन्ने कुरा चाहिं थप अध्ययनको विषय नै रहेको छ ।

सेफ भन्छन्मे– रो अध्ययनले के पुष्टि गरेको छ भने तापमान बढ्नु, मौसम बदलिनु तथा जलवायु परिवर्तनका कारण मानिसको मस्तिष्कमा संकुचन आइरहेको छ र आकार घटिरहेको छ । भविष्यमा यसले अझै खतरनाक अवस्था पैदा गर्नेवाला छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही १ मा रोचक प्रतिस्पर्धा : नयाँ भर्सेस पुराना, तर बहुपक्षीय प्रतिस्पर्धा (तथ्य,व्यक्तित्व र विरासत विस्तृत)

जसपाको चुनावी घोषणापत्र: संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव (पूर्णपाठ)

सम्बन्धित

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com