ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भारीदेखि धेरै भारी’ वर्षाको सम्भावना छ, सतर्कता अपनाउन मौसम महाशाखा अपिल


एबीसी न्यूज
असार १५, २०८० शुक्रबार  ७ : ४६ बजे

काठमाडौं १५ असार । आज (शुक्रबार) पनि देशका सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानमा ‘भारीदेखि धेरै भारी’सम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिँदै महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ।

त्यसो त अहिले बिहान पनि सबै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार हाल गण्डकी र लुम्बनी प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको हो।

महाशाखाका अनुसार दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस क्रममा कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना देखिएको मौसमविद् शाक्यले बताइन्।

‘त्यसो त काठमाडौं उपत्यकामा भारी वर्षा भइसकेको छ’, उनले भनिन्, ‘६ घण्टाकै अवधिमा ललितपुरको खुमलटारमा ६६.६ मिलिमिटर वर्षा भइसकेको छ। अहिले पनि पानी पर्ने क्रम जारी छ।’

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ।

यस्तै आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ– कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघगर्जन/चट्याङ, हावाहुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com