ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामी राजतन्त्र वा पूँजीवादी व्यवस्थाका पक्षमा छैनौं : अध्यक्ष ओली


एबीसी न्यूज
असार १४, २०८० बिहीबार  ६ : ५२ बजे

 

काठमाडौं १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू राजतन्त्र वा पूँजीवादी व्यवस्थाका पक्षमा नभएको बताएका छन्।
एमालेका पूर्व महासचिव मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा बिहीबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको ‘जबजका आयाम र विशेषता’ विषयक विचारगोष्ठी एवं पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरू समाजवादको पक्षमा रहेको बताए।
विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका वेला नेता भण्डारीले नेपाली समाजको विशेषतामा आधारित जबजको सिद्धान्त ल्याएको ओलीले उल्लेख गरे। “नेपालको संविधानको प्रस्तावनामा हामीले जबजकै सचेत प्रयासमा समाजवादोन्मुख शब्दावली राखका हौं,” अध्यक्ष ओलीले भने, “हामी जन्मसिद्ध श्रेष्ठतामा आधारित राजतन्त्र वा सीमित व्यक्ति धनी हुने पूँजीवादी व्यवस्थाका पक्षमा छैनौं। समानता र सामाजिक न्याय सहितको पूर्ण लोकतन्त्रका पक्षमा छौं।”
उनले समाज रूपान्तरणका लागि अविचलित भएर लाग्नुपर्ने बताए। “कहिलेकाहीं मोर्चामा हार खान सकिन्छ, तर आन्दोलनले हार्दैन र हामी अविचलित रूपमा समाजको रूपान्तरणका लागि लागिरहनुपर्छ। जबजको मार्गदर्शन पनि यही हो,” ओलीले भने।
उनले मुलुकमा भोकमरी र गरीबी कायमै रहँदासम्म विकास र मानव अधिकारका गफ दिनुको कुनै सार्थकता नहुने जिकिर गरे। आफू प्रधानमन्त्री हुँदा खान नपाएर र उपचार नपाएर कोही मर्नु नपरोस् भन्ने सोचका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प अघि सारेको उनको भनाइ थियो। मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद ९जबज०कै अनुसरणमा उक्त राष्ट्रिय सङ्कल्प आएको उनले बताए।
नेपाल ज्ञानभूमि र तपोभूमि भएको जिकिर गर्दै अध्यक्ष ओलीले पुर्खाको त्यो ज्ञान र योगदानको जगमा यस उर्वर र जीवनमय भूमि नेपाललाई समृद्ध बनाउन राजनीतिक दल र जनता लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दिशाबोध पुस्तक विमोचन गरेकी छन्। फाउन्डेशनले यसको प्रकाशन गरेको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

रुपन्देही १ मा रोचक प्रतिस्पर्धा : नयाँ भर्सेस पुराना, तर बहुपक्षीय प्रतिस्पर्धा (तथ्य,व्यक्तित्व र विरासत विस्तृत)

जसपाको चुनावी घोषणापत्र: संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com