काठमान्डौ१४ असार,
मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद देशैभर मनाइएको छ । नेपालगन्जका मुस्लिम धर्मावलम्बीले पनि सामूहिक नमाज पढेर बकर इद मनाएका छन् ।
आज नेपालगन्जस्थित इदगाहमा मुस्लिम धर्मावलम्बीले सामूहिक नमाज पढेर बकर इद मनाएका हुन् । सोही अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सद्भाव कायम राख्दै इदगाहमा इद मनाइरहेका मुस्लिम धर्मावलम्बीलाई शुभकामना व्यक्त गरेका थिए । नगरप्रमुख विष्टले नेपालगन्ज सद्भावको सहर भएको हुनाले यहाँ सबै धर्मावलम्बीले एक–अर्काको पर्वलाई सम्मान गर्नुपर्ने बताए ।
‘हामी सद्भावको सहरका नागरिक हौँ, यस अर्थमा हामीले एक–अर्काको धर्म र पर्व दुवैलाई सम्मान गर्न आवश्यक छ’, उनले भने, ‘मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व इदउल अजहा ९बकर इद०को अवसरमा भाइचारको नाताले बाँकेवासी सम्पूर्ण मुस्लिम धर्मावलम्बीलाई धेरै–धेरै शुभकामना छ।’
बकर इदको अवसरमा नगर उपप्रमुख कमरुद्दिन राईले पनि मुस्लिम धर्मावलम्बीलाई इदको शुभकामना व्यक्त गरेका थिए। सोही अवसरमा पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले पनि इदको शुभकामना व्यक्त गरेका थिए। नेपालगन्जस्थित इदगाहमा केहीले इदगाहभित्रै त केहीले ठाउँ अपुग भएर इदगाह बाहिर सडकमै सामूहिक नमाज पढेर इद मनाएका थिए।








प्रतिक्रिया दिनुहोस्