ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू पक्राउ परिरहेका छन्, अरु ठग पक्राउ गर्न सहयोग चाहन्छु : प्रम प्रचण्ड


एबीसी न्यूज
असार १३, २०८० बुधबार  १ : ३५ बजे

 

 

काठमाडौँ १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू पक्राउ पर्न थालेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका कार्यालयको लागि विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले लोकतन्त्रलाई छायामा पार्ने गरी देखिएका विकृतिविरुद्ध सुशासनको पक्षमा लड्ने भन्दै प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू हिजोदेखि पक्राउ पर्न थालेको बताएका हुन् ।

प्रधानमन्त्रीले विकृतिविरुद्धको लडाइमा लागेको बताउँदै त्यसका लागि कुनै पनि मूल्य चुकाउन आफू तयार रहेको बताएका छन् । सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले सुशासनको पक्षमा लड्दा संसद् र जनताको साथ रहने विश्वास व्यक्त गरेका थिए । ‘वर्षौंदेखि विकृतिको डंगुर सफा गर्ने यो लडाइमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता रहेको महसुस गरेको छु,’ उनले भने, ‘यो लडाइँमा मलाई सदनको पनि र आम जनताको पनि अझ ठूलो हौसला र समर्थन प्राप्त हुने विश्वास गरेको छु । कुनै पनि मूल्यमा विकृतिका विरुद्धको यो लडाइँ अगाडि बढाइनेछ ।’

 

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रसँग विकृति सच्याउने सामर्थ्य रहन्छ भन्ने कुराको विश्वास जनतालाई दिनुपर्ने बताए । उनले त्यसमा सरकार दृढ भएर अगाडि बढ्ने बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले सफल अनुसन्धान गरेको बताएका छन् । उनले उच्च पदस्थहरू कानुनभन्दा माथि हुन्छन् भन्ने कुराको अन्त्य गर्न लागिरहेको बताए । ‘नक्कली भुटानी शरणार्थी प्रकरण सरकारले गरेको सबैभन्दा ठूलो अनुसन्धान हो । यो सफल अनुसन्धानबाट कानुनको सर्वोच्चता मात्रै कायम गरेको छैन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ,’ उनले भने, ‘लोकतन्त्रभित्र देखा पर्ने समस्याको समाधान पनि लोकतन्त्रमा नै हुन्छ भन्ने यसपटक राम्रोसँग स्थापित भएको छ । उच्च पदस्थ र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ ।’

सरकार लोकतन्त्रको सेवा प्रवाह र शुद्धीकरणमा लागेको पनि बताए । उनले सुशासनको अभियान यत्तिमै नरोकिने बताए । उनले भने, ‘संसद् र आम जनसमुदायलाई यहि रोस्ट्रमबाट विश्वास दिलाउन चाहन्छु यो शुद्धीकरण यत्तिमै रोकिनेछैन । निरन्तर अगाडि बढ्नेछ । हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्त पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारबाही सुरु भइसकेको छ । अझै ठोस रुपमा अरु बदमासहरुका बारेमा पनि सांसद साथीहरुले औंल्याइदिनु भयो भने पनि पक्राउ गरिनेछ छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com