ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असन्तुष्ट जसपा,एस र जनमतका माग मन्त्रिपरिषद्मार्फत संम्वोधन गर्ने सहमति गर्दै बजेट पास गर्ने


ABC NEWS
असार १३, २०८० बुधबार   ७ : ३१   बजे

काठमाडौं १३ असार । सरकारले आज बजेट पास गर्ने तयारी गरेको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा त्यसको प्रक्रिया अघि बढ्नेछ।

मंगलबार दिनभर भएका विभिन्न छलफलबाट सरकारमा सहभागी दलहरू बजेट पास गर्ने पक्षमा उभिएका छन्। गठबन्धनका असन्तुष्ट दलहरु एकीकृत समाजवादी, जसपा र जनमतका मागलाई मन्त्रिपरिषद् मार्फत सम्वोधन गर्नेगरी सहमत हुने निर्णय गरेका छन् ।

मंगलबार साँझ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेता र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो।

यथास्थितिमा बजेट पास नगर्ने अडान लिएको एकीकृत समाजवादी, जसपा लगायतका दलले उठाएका केही विषय सम्बोधन गर्न तयार भएपछि बजेट पास गरेर जाने निर्णय भएको स्रोतले जानकारी दियो।

‘सत्ता गठबन्धन दलबीच बजेट पासको पक्षमा उभिने र पारित गरेर जाने सहमति बनेको छ,’ स्रोतले भन्यो, ‘दलहरूले ह्वीप नै जारी गर्नुभएको छ।’

कांग्रेस र माओवादीले मंगलबार नै सांसदलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएका छन्।

जसपा पनि पक्षमा मतदान गर्ने पक्षमा उभिएको छ, उसले बुधबार बिहान दलको बैठकबाट औपचारिक निर्णय गर्ने प्रचार विभाग प्रमुख पुर्ण बस्नेतले जानकारी दिए ।

‘हाम्रो पार्टीले बजेट पासको पक्षमा मतदान गर्छ,’ उनले नेपालखबरसँग भने, ‘बुधबार बिहान १० बजे दलको बैठक बसेर यसबारे औपचारिक निर्णय गर्छौं।’

आफूहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता पाएको एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले बताए।

‘बालुवाटारमा प्रधानमन्त्रीसहित नेताहरूको बैठकले निर्णय गरेको सुनेँ,’ सांसद थापाले भने, ‘छलफल सकारात्मक भएपछि बजेट पासकै पक्षमा मतदान हुन्छ।’

यस्तै, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले पनि बजेट पासकै पक्षमा मत दिनेछ।

लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले बजेट पास गर्ने पार्टीको नीति रहेको बताए। ‘फुलफ्रेजमा बजेट पास गर्न हाम्रा सांसदलाई ह्वीप नै लगाएका छौँ,’ भण्डारीले भने।

तर, सरकारलाई समर्थन दिएको जनमत पार्टीले भने मंगलबार बेलुकासम्म कुनै निर्णय गरेको छैन।

जनमत पार्टीकी प्रमुख सचेतक अनिता साहले बुधबार मात्र निर्णय गर्ने बताइन्। मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले जनमतका अध्यक्ष चन्द्रकान्त राउतलाई सम्पर्क गरेर बजेट पासको पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

‘बजेट मिलेर पास गरौँ, तपाईंहरुको सहयोग रहोस् भनेर पीएमले अध्यक्षलाई भन्नुभयो,’ एक पदाधिकारीले भने, ‘जवाफमा हाम्रो अध्यक्ष डा। सीके राउतले दलभित्र भोलि छलफल गर्छु अनि मात्र निष्कर्षमा पुग्छु भन्ने जवाफ दिनु भएको छ।’

प्रमुख सचेतक साहले भोलिमात्रै ठोस निर्णय गर्ने बताइन्।

‘भोलि बिहान दलको बैठक बस्छौं, त्यहाँ कस्तो कुरा आउँछ हेरौँ, पीएम र अर्थमन्त्रीज्यूले बजेट परिमार्जन गर्छौ भन्नुभएको म्यासेज आएको छ, कस्तो परिमार्जन हो हाम्रो अध्यक्षज्यूलाई पनि जानकारी होला,’ साहले थपिन्।

मधेश प्रदेश, केही जिल्लामा विनियोजित बजेटप्रति जनमत पनि असन्तुष्ट छ।

जनमत पार्टीका नेता बिपि साहले बजेट मिलाउने सभावना नभए जनमतले पक्षमा मत दिने सम्भावना नहुने बताए। यद्यपि भोलि नै नयाँ समझदारी बन्न सक्ने सम्भावना रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group