ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असन्तुष्ट जसपा,एस र जनमतका माग मन्त्रिपरिषद्मार्फत संम्वोधन गर्ने सहमति गर्दै बजेट पास गर्ने


ABC NEWS

काठमाडौं १३ असार । सरकारले आज बजेट पास गर्ने तयारी गरेको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा त्यसको प्रक्रिया अघि बढ्नेछ।

मंगलबार दिनभर भएका विभिन्न छलफलबाट सरकारमा सहभागी दलहरू बजेट पास गर्ने पक्षमा उभिएका छन्। गठबन्धनका असन्तुष्ट दलहरु एकीकृत समाजवादी, जसपा र जनमतका मागलाई मन्त्रिपरिषद् मार्फत सम्वोधन गर्नेगरी सहमत हुने निर्णय गरेका छन् ।

मंगलबार साँझ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेता र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो।

यथास्थितिमा बजेट पास नगर्ने अडान लिएको एकीकृत समाजवादी, जसपा लगायतका दलले उठाएका केही विषय सम्बोधन गर्न तयार भएपछि बजेट पास गरेर जाने निर्णय भएको स्रोतले जानकारी दियो।

‘सत्ता गठबन्धन दलबीच बजेट पासको पक्षमा उभिने र पारित गरेर जाने सहमति बनेको छ,’ स्रोतले भन्यो, ‘दलहरूले ह्वीप नै जारी गर्नुभएको छ।’

कांग्रेस र माओवादीले मंगलबार नै सांसदलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएका छन्।

जसपा पनि पक्षमा मतदान गर्ने पक्षमा उभिएको छ, उसले बुधबार बिहान दलको बैठकबाट औपचारिक निर्णय गर्ने प्रचार विभाग प्रमुख पुर्ण बस्नेतले जानकारी दिए ।

‘हाम्रो पार्टीले बजेट पासको पक्षमा मतदान गर्छ,’ उनले नेपालखबरसँग भने, ‘बुधबार बिहान १० बजे दलको बैठक बसेर यसबारे औपचारिक निर्णय गर्छौं।’

आफूहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता पाएको एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले बताए।

‘बालुवाटारमा प्रधानमन्त्रीसहित नेताहरूको बैठकले निर्णय गरेको सुनेँ,’ सांसद थापाले भने, ‘छलफल सकारात्मक भएपछि बजेट पासकै पक्षमा मतदान हुन्छ।’

यस्तै, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले पनि बजेट पासकै पक्षमा मत दिनेछ।

लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले बजेट पास गर्ने पार्टीको नीति रहेको बताए। ‘फुलफ्रेजमा बजेट पास गर्न हाम्रा सांसदलाई ह्वीप नै लगाएका छौँ,’ भण्डारीले भने।

तर, सरकारलाई समर्थन दिएको जनमत पार्टीले भने मंगलबार बेलुकासम्म कुनै निर्णय गरेको छैन।

जनमत पार्टीकी प्रमुख सचेतक अनिता साहले बुधबार मात्र निर्णय गर्ने बताइन्। मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले जनमतका अध्यक्ष चन्द्रकान्त राउतलाई सम्पर्क गरेर बजेट पासको पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

‘बजेट मिलेर पास गरौँ, तपाईंहरुको सहयोग रहोस् भनेर पीएमले अध्यक्षलाई भन्नुभयो,’ एक पदाधिकारीले भने, ‘जवाफमा हाम्रो अध्यक्ष डा। सीके राउतले दलभित्र भोलि छलफल गर्छु अनि मात्र निष्कर्षमा पुग्छु भन्ने जवाफ दिनु भएको छ।’

प्रमुख सचेतक साहले भोलिमात्रै ठोस निर्णय गर्ने बताइन्।

‘भोलि बिहान दलको बैठक बस्छौं, त्यहाँ कस्तो कुरा आउँछ हेरौँ, पीएम र अर्थमन्त्रीज्यूले बजेट परिमार्जन गर्छौ भन्नुभएको म्यासेज आएको छ, कस्तो परिमार्जन हो हाम्रो अध्यक्षज्यूलाई पनि जानकारी होला,’ साहले थपिन्।

मधेश प्रदेश, केही जिल्लामा विनियोजित बजेटप्रति जनमत पनि असन्तुष्ट छ।

जनमत पार्टीका नेता बिपि साहले बजेट मिलाउने सभावना नभए जनमतले पक्षमा मत दिने सम्भावना नहुने बताए। यद्यपि भोलि नै नयाँ समझदारी बन्न सक्ने सम्भावना रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com