ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुरका सामुदायिक वनलाई थप हरियो बनाउन बजेट


एबीसी न्यूज

काठमाडौं,१२ असार । मकवानपुरमा उजाड भएका ११ सामुदायिक वनलाई रु ५३ लाख ७० हजारको लागतमा दीर्घकालीन रुपमा हरियो बनाउनका लागि वृक्षरोपणसहित बाँसको घेरा हालिएको छ ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत वसन्तराज गौतमका अनुसार सामुदायिक वनलाई सदाका लागि हरियाली बनाउन उक्त कार्यक्रम लागू गरिएको हो । चालु आर्थिक वर्षमा  बागमती गाउँपालिका–६ स्थित सल्लेडाँडा सामुदायिक वन उपभोक्ता समूह र नमोबुद्ध सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रलाई पुनरुत्थान गरिएको छ ।
यस्तै भैरव सामुदायिक वन उपभोक्ता समूह, वडा नं ७ को शक्तिशाली सामुदायिक वन उपभोक्ता समूह, बागमतीकै वडा नं १ को त्रिवेणी सामुदायिक वन उपभोक्ता समूह, वडा नं २ को बेलघारी सामुदायिक वन उपभोक्ता समूह, बकैया गाउँपालिका–२ को कल्याण सामुदायिक वन उपभोक्ता समूह, बकैयाँ–७ को प्रतिभा सामुदायिक वन उपभोक्ता समूह र बकैयाँ–८ को कालेश्वर सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रलाई पुनरुत्थान गरिएको सहायक वन अधिकृत गौतमले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयले लगानी गरेको वनमा सबै सरसफाइ गरेर घेराबारासमेत गरेर चरिचरन नियन्त्रण गर्दै वृक्षरोपण गरेर भविष्यमा आम्दानी लिन सक्ने वातावरण तयार गर्न लागिएको उहाँले बताउनुभयो । वन क्षेत्रको संरक्षणका लागि वन हेरालु राख्ने र अतिक्रमण रोक्न मद्दत पुग्ने गौतमको भनाइ छ । कार्यक्रमले मकवानपुरका विभिन्न वन समूहमा आबद्ध गरिब किसानले वन व्यवस्थापन गरी मनग्य आम्दानी लिन सक्ने छन् । वनमा विभिन्न जातका रूख, फलफूल, जमिन मलिलो गराउने विभिन्न जातका बोटबिरुवा, घाँस, डालेघाँस लगाइएको छ ।
मकवानपुरगढी गाउँपालिका–४ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहमा उक्त कार्यक्रम सञ्चालन पछि हरियाली र सुन्दर बन्ने विश्वास रहेको उक्त सामुदायिक वन समूहका अध्यक्ष सकेलाल लोले बताउनुभयो । उहाँका अनुसार वन क्षेत्रमा झाडीको फँडानी गर्ने काम गर्नाका साथै लहरा काटिएको छ । वन क्षेत्रमा रहेका थाकलका बुट्यानहरु नष्ट गर्दै बाँसको घेराबारा गरेर विभिन्न जातका बिरुवा रोपिएको अध्यक्ष लोले जानकारी दिनुभयो । बाँसको घेराबाराभित्र बाँस, सजीवन लगायतका तीन हजार ६ सय बिरुवा रोपिएको उहाँको भनाइ छ ।
यसैगरी मकवानपुरको पूर्वी गाउँपालिका वकैया–७ मा रहेको हात्तीचरण सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा पनि हैसियत बिग्रेको सामुदायिक वनलाई सबै मिलेर पुनरुत्थान गरिएको बताइएको छ । वनको तीन हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन गरिएको वन समूहका अध्यक्ष पोसबहादुर घिमिरले बताउनुभयो । यस क्षेत्रको खाली रहेको जमिनमा चाप, टाँकी, काभ्रो, सजीवन, अमला लगायतका तीन हजार बिरुवा रोपिएको उहाँले जानकारी दिनुभयो । वनमा आश्रित अति गरिब र सीमान्तकृत समुदायको उत्थानमा यस कार्यक्रमबाट सहयोग पुग्ने डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com