ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौँडामा उत्पादित माछाको भुरा भारतमा निर्यात


एबीसी न्यूज
असार १२, २०८० मंगलबार  ३ : १० बजे

काठमाडौं,१२ असार । मकवानपुरको हेटौँडामा उत्पादित विभिन्न विकासे जातका माछाका भुरा भारतमा निर्यात भइरहकोे छ । नेपालसगँको सिमा क्षेत्रका भारतीय किसानले माछाका भुरा लाने गरेको यहाँस्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रले जनाएको छ ।

भारतीय किसानले वारा, पर्सा र रौतहटका किसानमार्फत राम्रो नश्लका सो भुरा लैजाने गरेको सम्बद्ध कर्मचारीले जनाए । प्राप्त जानकारी अनुसार १० लाख भन्दाबढी माछाका भुरा भारतमा जाने गरेको छ । त्यस्तै माछासमेत खरिदगरी भारतमा लैजाने गरेको बताइएको छ । कार्यालयवाट प्राप्त जानकारी अनुसार चालु आर्थिक वर्षको असार १० गतेसम्म चार करोड ३५ लाख भन्दाबढी माछाका भुरा उत्पादन गरी बिक्री वितरण गरिएकोे छ ।
केन्द्र प्रमख सरोज यादवका अनुसार किसानको मागबमोजिम विगतको तुलनामा माछाको भुरा उत्पादन र बिक्री बढ्दै गएको छ । विगतमा प्रत्येक वर्ष तीन करोडदेखि तीन करोड ३४ लाख माछाको भुरा उत्पादन तथा बिक्री हँुदै आएकामा व्यवस्थापनमा सुधार आएपछि यसवर्ष माछा र भुराको उत्पादन वृद्धि गरिएको हो । त्यसका लागि कार्यालयमा भएका पोखरी मर्मत र सुधार गरिएको छ ।
केन्द्र प्रमुख यादवले थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाई, मर्मत र निमार्णको कामलाई निरन्तरता दिइएको जानकारी दिनुभयो । यहाँ रहेको माछा फार्मबाट सात जातका विकासे माछा प्रजनन गरी भुरा बिक्री गर्दै आइएको छ । हाल स्थानीय लोपोन्मुख सहर तथा गर्दीजातको रङ्गीन कोई कार्प माछा प्रजनन तथा बिक्री वितरणको क्रममा रहेको छ । कार्यालयका अनुसार न्यानो पानीमा फस्टाउने सरकारीस्तरबाट सिफारिश गरिएका विभिन्न स्वदेशी माछा, रहु, नैनी, माकुर तथा विदेशी माछा कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रप्स कार्पसहित सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई बिक्री वितरण गरिएको छ ।
आर्थिक वर्ष २०७६÷७७ देखि हालसम्म वार्षिक रु पाँच लाख भन्दाबढी माछा र भुरा बिक्रीबाट कार्यालयको राजस्व बढ्दै गएको छ । चालु आर्थिक वर्षमा उक्त केन्द्रले रु ३१ लाख भन्दाबढीको माछा र भुरा वितरण गरेको छ । साथै हेटौँडा र चितवनसहित २२ जिल्लामा पनि माछाका भुरा बिक्री हुने गरेको छ ।
एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत बङ्गुरपालन प्रणालीको सुरुआत गरिएको छ भने भौतिक संरचना सुधारका साथै आठवटा जीर्ण पोखरी मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी बलराम अधिकरीले बताउनुभयो ।
मत्स्य सङ्ग्रहालयअन्तर्गत संरक्षित माछाको नमुना र लिभफिश म्युजियम स्थापना तथा सञ्चालनको प्रक्रिया अगाडि बढाइएको प्रमुख यादवले जानकारी दिनुभयो ।
“आर्थिक वर्ष २०७५÷७६ देखि प्राकृतिक जलाशय जातीय विविधतासम्बन्धी अध्ययन अनुसन्धानको क्रममा राप्ती नदी , श्यार्फुताल, बागमती नदी, सामरी नदी, बकैया नदी, अरुण नदी, कोशी नदी, कर्णाली नदी, बेगनास ताललगायत नदी तथा तालमा माछाको विविधतासम्बन्धी जाँच तथा अभिलेख राखिएको छ । यसबाट ४५ प्रजातिका माछाका नमुना सङ्कलन गरिनाका साथै पानीको गुणस्तरसमेत जाँच गरिएको कार्यालयले जनाएको छ ।
ग्रासकार्प माछाको आहारको रूपमा पोखरीको डिलमा उन्नत तथा पोसिलो जातका घाँस जस्तै नेपियर वर्षीम, केरा ,सुडान, जै घाँसबाट माछाको आहारमा लाग्ने लागतको तुलनात्मक अध्ययन भइरहको छ । जलीय विविधता एवम् प्रवर्द्धन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको सामाजिक स्तरोन्नति र जीविकोपार्जनसगँ सम्बन्धित विभिन्न किसिमका कार्यक्रम जस्तै खोला नालामा स्थानीय जातका भुरा छाड्ने जनचेतनामूलक होर्डिगङ बोर्ड, गोष्ठी, सभालगायत कार्यक्रम गर्दै आएको सो कार्यालयले जनाएको छ ।
काठमाडौँ तथा स्थानीय हेटौँडा बजारका लागि खाने माछा उत्पादन गरी आपूर्ति गर्ने उद्देश्यले २०२४ सालमा स्थापित सो केन्द्रको समय सापेक्ष काम र नाममा परिर्वतन हुँदै आएको छ । उक्त केन्द्रअन्र्तगत ४७ दशमलव नौ हेक्टर जमिनमा माछा पोखरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com