ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर शिक्षा विधालय तहदेखि नै आवश्यक- गर्भनर नेपाल


admin
माघ २०, २०७४ शनिबार  १ : ०३ बजे

काठमाडौं, २० माघ । सेयर शिक्षा विधालय तहदेखि नै आवश्यक रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बताएका छन्।

डा नेपालले दोस्रो बैंकिङ एक्सपोको उद्घाटन गर्दै विद्यालय तहको पाठ्यक्रमदेखि नै सेयर शिक्षा राख्न आवश्यक रहेको बताएका हुन्। उनले वित्तीय साक्षरताको महत्व विद्यालय तहदेखि नै बुझाउन आवश्यक रहेको बताए।

‘विद्यालय तहका बालबालिकालाई वित्तीय ज्ञान प्रदान गर्न सकियो भने बालबालिकाले पैसाको महत्व बुझ्छन्’, गभर्नर डा नेपालले भने।

लगानीको लागि बचतको महत्व बुझेपछि उनीहरु आफैं आर्थिक रुपले सक्षम बन्नतर्फ लाग्ने उनले बताए।

अन्य विकासशील मुलुकमा जस्तै विद्यालय तहदेखि नै बचत गर्ने, लगानी गर्ने लगायत आर्थिक कारोबारका विषयमा जानकारी दिन सके मुलुक समृद्ध हुने र पैसा कमाउनकै लागि विदेश जानुपर्ने बाध्यताको उन्त्य हुने उनको भनाइ थियो।

कार्यक्रममा बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बचत गरौं भन्ने नारालाई कुनै एक बैंकले भन्दा पनि सबै वित्तीय संस्थाहरु मिलेर सामूहिक रुपमा प्रचार गर्न सके बढी प्रभावकारी हुने बताए। वित्तीय पहुँच पुगेका ठाउँमा पनि वित्तीय साक्षरता अभाव रहेका कारण सेवाग्राहीको संख्या कम रहेको ढुंगानाले बताए।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा विष्णु गौतमले वित्तीय साक्षरता गाउँगाउँमा पुर्‍याउन सके आर्थिक कारोबार बढ्ने र मुलुक समृद्ध हुने बताए।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स संघका महासचिव झलकप्रसाद खनालले सरकारले ल्याएको सबै स्थानीय तहमा बैंक शाखा पुर्याचउने नीतिले बैंकिङ सेवा लिनेको संख्यामा वृद्धि हुने बताए। त्यसका लागि डेभलपमेन्ट बैंकहरुले पनि प्रभावकारी भूमिका खेल्न सक्ने बताए।

यस्तै, वित्तीय संस्था संघका अध्यक्ष सरोजकारी तुलाधरले कर्जा लगानी गर्नका लागि निक्षेप चाहिने भएकाले कर्जाको मात्र भन्दा पनि निक्षेपको प्रवर्द्धन गर्नेतर्फ वित्तीय संस्था लाग्नुपर्ने बताए। उनले बचत गर्नुपूर्व बचतबाट आर्जन गर्ने बानी बसाल्नुपर्ने बताए।

एक्स्पो कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका साथमा बिमा, रेमिट्यान्स, सेयर बजार लगायतसँग सम्बन्धित संस्थाहरुको ५० वटा सूचनामूलक स्टल रहेका छन्। मिडिया इन्टरनेसनलले आयोजना गरेको कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवर्द्धन गरेको छ भने नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ, माइक्रोफाइनान्स बैंकर्स संघ, बिमा समिति र नेपाल क्लियरिङ हाउसले सहकार्य गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com