ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिय चुनावी अभियानमा शक्ति दुरुपयोग भएको आरोप पुष्टि


admin
माघ २०, २०७४ शनिबार  १२ : ४६ बजे

काठमाडौं, २० माघ । राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानको अनुसन्धान गर्दा शक्तिको दुरुपयोग गरेको आरोप लगाउदै टिपोट सार्वजनिक भएको छ ।

अमेरिकी कंग्रेसले संघीय अनुसन्धान ब्युरो एफबीआइले ट्रम्पको चुनावी अभियानको अनुसन्धान गर्दा शक्तिको दुरुपयोग गरेको आरोप लगायको हो । एफबीआइले उक्त कदमप्रति गम्भिर चिन्ता व्यक्त गर्दै मूख्य तथ्यहरु हटाइएको जनाएको छ ।

उक्त टिपोट चुनावी अभियानका क्रममा ट्रम्पका विदेश मामिला सल्लाहकार रहेका कार्टर पेजको टेलिफोन रेकर्डिङमाथि केन्द्रित छ । उनलाई सन् २०१६ को अक्टोबरमा विद्युतीय निगरानीमा राखिएको थियो । टिपोटमा न्याय मन्त्रालय र एफबिआइलाई पेजविरुद्ध जासूसी गर्न प्रमाणित नभएको प्रतिवेदनलाई आधार बनाएको आरोप लगाइएको छ ।

उक्त टिपोटमा गुप्त प्रतिवेदनका लेखक पूर्व ब्रिटिश जासूस क्रिस्टोफर स्टिलले न्याय मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई आफू डोनल्ड ट्रम्प चूनावमा पराजित भएको हेर्न व्याकूल रहेको बताएको जनाइएको छ ।

उक्त टिपोटलाई गोप्य नराख्न अनुमति दिएका राष्ट्रपति ट्रम्पले ती दस्तवेजमा उल्लेख भएका गतिविधि भयावह भएको प्रतिक्रिया दिएका छन् । सो टिपोट सार्वजनिक गर्न लगाउने रिपब्लिकन सांसद डेभिड न्युन्सले सर्वसाधारणको विश्वासमाथि गम्भीर आघात गरिएको प्रतिक्रिया बताएका छन् ।

तर डेमोक्र्याटहरुले ट्रम्पको चुनावी अभियान र रुसबीच साठगाठ रहेको आरोपबारे छानविन चलिरहदा उक्त अनुसन्धानलाई अविश्वशनीय बनाउन लाजमर्दो प्रयास गरिएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com