ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी पहिरो अपडेट : ९ जनाको मृत्यु हुँदा २७ बेपत्ता, ४३९ परिवार विस्थापित


abc tv
असार ६, २०८० बुधबार   ४ : ५१   बजे

विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लाहरूमा आएको बाढी र पहिरोको कारण अर्बौँ रुपैयाँको क्षति भएको छ । पाँचथर, ताप्लेजुङ र सङ्खुवासभा सभामा गएको शनिवार रातीदेखि आएको बाढी पहिरोको कारण सबै भन्दा बढी जल विद्युत् आयोजनामा क्षति पुगेको छ ।

यस्तै पुल र सडकहरूमा समेत क्षति पुगेको छ ।

हेवाँ, पिलुवा लगायतका खोलामा आएको बाढीका कारण १५ वटा मझौला र लगूँ जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले जनाएको छ ।

बाढी र पहिरोको कारण पाँचथरमा ५, सङ्खुवासभामा ८ र ताप्लेजुङमा २ वटा जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति भएको छ ।

पाँचथर फिदिम नगरपालिका ११ मा रहेको १४ मेगावाटको माउन्टेन बि र वडा नम्बर १० मा रहेको २१ मेघा वाटको माउन्टेन ए जलविद्युत आयोजना बाढीका कारण पूर्ण रूपमा क्षति भएको छ ।

यस्तै पाँचथरको याङ्वराक ४ मा रहेको रोइराङ् जलविद्युत आयोजनाको ड्याम पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै पाँचथरको याङ्वरक ४ मा रहेको इवा खोला हाइड्रो पावरमा पनि पूर्ण रूपले क्षति पुगेको छ । अविरल वर्षका कारण अहिले पनि हाइड्रोमा पुगेको क्षतिको यकिन विवरण सङ्कलन भई नसकेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले बताए ।

बाढी र पहिरोका कारण ताप्लेजुङको सिरी जङ्गा गाउँपालिका याम्फुदिनमा रहेको तुमिया खोला जलविद्युत आयोजना, मेरिङदेन गाउँपालिका ५ मा रहेको युनाइटेड जलविद्युत आयोजनाको ड्याममा क्षति पुगेको छ ।

बाढीले सङ्खुवासभाको चैनपुर ४ मा निर्मणधिन सुपर हेवा हाइड्रो, चैनपुर २ तिखि ढुङ्गामा रहेको मेन्छेयाम जलविद्युत आयोजना, चैनपुर ७ पिलुवा खोलामा रहेको अरुण भ्याल्ली हाइड्रोमा क्षति पुगेको छ ।

यस्तै धर्मदेवी नगरपालिका वडा नम्बर ४ गैरीगाँउ खहरे स्थित माया खोला हाइड्रो, धर्मदेवी४,६र ७को बिचमा पर्ने डाउन पिलुवा हाइड्रो, चैनपुर ७ मा रहेको शुभम् पावर (लोर पिलुवा) जलविद्युत आयोजनामा पनि बाढी र पहिरोले क्षति पुर्‍याएको छ ।

बाढी र पहिरोले मादी नगरपालिका ७,८,९को बिचमा पर्ने अपर पिलुवा हाइड्रो र स्थित, पाँचखपन नगरपालिका वडा नम्बर ८कोकले बेसीमा रहेको वरुण हाइड्रो पावर कम्पनीमा पूर्ण रूपले क्षति पुगेको सङ्खुवासभा सभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

९ जनाको मृत्यु २७ जना बेपत्ता

बाढी र पहिरोका कारण अहिले सम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाढी र पहिरोबाट घाइते भएका ६ जना मध्ये ५ जनाको डिस्चार्ज भएको छ भने एक जनाको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा पाँचथरमा ३ जना, ताप्लेजुङमा ३ जना र सङ्खुवासभा २ जना र भोजपुरका १ जना रहेका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुर टेम्केमैयु गाउँपालिकाका ३२ वर्षीय मन्दिप राई, सङ्खुवासभा पाँचखपन ९ का सन्तोष राई पाँचथर फलेलुंग ४ की जुना मादेन, फिदिम ११ का सन्जोग लिम्बु, सोही ठाउँकी एलिशा माझी रहेका छन् ।

पहिरोका कारण ताप्लेजुङ सिदिङ्वा ६ का गणेश तामाङ,सोही ठाउँका केशर राई र सुरेश राई रहेका छन् ।

सुरेश र केशर भने बाबु छोरा रहेको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ । सङ्खुवासभाको चैनपुरमा भेटिएको लासको भने पहिचान खुल्न सकेको छैन । घाइते भएका ६ जना मध्ये एक जनाको मात्रै उपचार भइरहेको छ । ताप्लेजुङ सिदिङ्वा मेहलेका राजकुमार राईको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

४३९ परिवार विस्थापित

बाढी र पहिरोका कारण अहिले सम्म कोशी प्रदेशका पहाडी र हिमाली जिल्लामा ४ सय ३९ परिवार विस्थापित भएका छन् । पहिरोका कारण सबै भन्दा बढी पाँचथरमा ३४१ परिवार विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा राखिएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

बाढी र पहिरोका कारण ताप्लेजुङमा ८० परिवार र सङ्खुवासभामा १८ परिवार विस्थापित भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशीका प्रवक्ता अर्जुन निरौलाले बताए । उनले क्षतिको विवरण सङ्कलन भइरहेकाले विस्थापित परिवारको सङ्ख्या बढ्न सक्ने बताए ।

अहिले सम्म सङ्खुवासभाका २४, पाँचथरका १०, ताप्लेजुङका ६, र इलामका ३ वाट गरी ४३ वटा घरमा पूर्ण क्षति भएको छ ।

प्रहरीले पाँचथरका २३ घर परिवारका ९५ जना, ताप्लेजुङका ११ घर परिवारका ३८ जनाको उद्धार गरी सुरक्षित स्थानमा लगेको छ ।

घर जोखिममा परि विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको निरौलाले बताए । उनका अनुसार पहिरोका कारण घर नभत्किए पनि जोखिम रहेकाले अन्यत्र सार्ने तयारी भइरहेको छ ।

२३ वटा पुलमा क्षति, १५ वटा सडक अवरुद्ध

मेची राजमार्ग सहित कोशी प्रदेशका १५ वटा साना ठुला सडक अवरुद्ध भएका छन् । बाढी र पहिरोका कारण सबै भन्दा बढी पाँचथरमा ७ वटा सडक अवरुद्ध भएको छ । पहिरोका कारण ताप्लेजुङमा ४, इलाममा १, र सङ्खुवासभामा ३ वटा सडक अवरुद्ध छ ।

मेची राजमार्ग भने मर्मत पछि आंशिक रूपमा सुचारु भएको छ । बाढी र पहिरोका कारण २३ वटा पुलमा क्षति पुगेको पाँचथरमा १५ वटा सङ्खुवासभा सभामा ६ र ताप्लेजुङमा २ वटा पुलमा क्षति पुगेको हो ।

ती मध्ये १० वटा पक्की र मोटरेवल पुल रहेका छन् । बाढीले ७ वटा झोलुङ्गे पुल र ६ वटा ट्रस र बेली ब्रिज बगाएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group