ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीपलाइन निर्माणले पहिरोको जोखिम


एबीसी न्यूज

काठमाडौं, ६ असार । पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा रानीकोट सडकखण्डमा योयो जीपलाइनले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा परेको छ ।

जीपलाइनले घ्याम्पेडाँडा हँुदै रानीकोट जाने आठ मिटर चौडा सडकको मापदण्ड एवं सामुदायिक वनको जग्गा अतिक्रमण गरेर टिकट काउन्टरदेखि रेष्टुरेन्टसम्म बनाउँदा पनि स्थानीय तहले बेवास्ता गरेको भन्दै स्थानीयले अतिक्रमण रोक्न माग गरेका छन् ।

भक्तपुरकै पर्यटकीयस्थलमात्रै नभई काभ्रेपलाञ्चोकको र्यालेबाट पनौतीसम्म जाने मुख्य सडकको रूपमा प्रयोग हँुदै आएको यो सडक जीपलाइनकै लापरवाहीका कारण पहिराको जोखिममा परेको स्थानीय सन्तमान वाइबाले बताउनुभयो । नाफा कमाउने उद्देश्यले विगत एक वर्षदेखि पूर्णरूपमा सञ्चालनमा आएको व्यावसायिक संस्था योयो जीपलाइनले यहाँको सामुदायिक वनको जग्गासमेत मिचेर संरचना बनाउँदा त्यसलाई रोक्नुको सट्टा त्यस्ता संरचना संरक्षण गर्न वडा कार्यालयले ६० प्रतिशत र जीपलाइनले ४० प्रतिशत बजेट व्यहोर्ने गरी ६०–४० शीर्षकको बजेट हालेर व्यवसायीको निजी सम्पत्ति संरक्षण गरेको रानीकोटका व्यवसायी हर्कमान लामाले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “जीपलाइनले सामुदायिक वनको जग्गा अतिक्रमण गरेर संरचना बनाएको छ, वर्षाको समयमा पहिरो जान सुरु भइसक्यो, योयो जीपलाइनको संरचना जोगाउन वडा कार्यालयले जालीसहितको पर्खाल लगाइदिएको छ, अहिले फेरि जीपलाइनले त्यहीँ पर्खाल मुनिबाट करिब ४० फिट गहिरो पहरा खनेको छ, यसले सडकमा पहिरो जाने जोखिम बढाएको छ ।”

जीपलाइनमा आउनेले सडकमै पार्किङ गरिदिँदा रानीकोट र र्यालेका बासिन्दालाई आवतजावतमा समेत कठिनाइ पर्ने गरेको रानीकोटका होटल व्यवसायी बताउँछन् । यसबारेमा पटक–पटक सडकमा पार्किङ नगराइदिन जीपलाइनलाई आग्रह गर्दा अटेर गरेको व्यवसायीको गुनासो छ ।

सडकमा पहिरो गएर रोकिए घ्याम्पेडाँडा रानीकोट जाने पर्यटकको आगमन बन्द हुनुका साथै यहाँबाट काभ्रेको र्याले, पनौती, लाकुरीभञ्याङ जाने सडक नै अवरुद्ध हुने भएकाले क्षति हुनु अगाडि नै स्थानीय तहले यसबारेमा चासो दिनुपर्ने होटल व्यवसायी सुनिल श्रेष्ठले बताउनुभयो ।

सयौँ वर्ष अगाडिदेखि नै यो सडक काभ्रे–१ र्यालेका बासिन्दाले भक्तपुर, काठमाडौँ बजार आउने मुख्य सडकको रूपमा प्रयोग गर्दै आएको र्यालेका तरकारी व्यवसायी अमित लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “र्याले, पनौतीको ग्रामीण क्षेत्रबाट भक्तपुरको बजारमा दैनिक कृषि उत्पादन, तरकारी, दूध, कुखुरालगायतका उत्पादनलाई बजार लैजान प्रयोग गर्ने मुख्य सडक यही हो, पहिराले यो रोकिए हाम्रो रोजीरोटी गुम्छ, त्यसैले अरुलाई अवरोध नपुग्ने गरी र सार्वजनिक सम्पत्तिको क्षति नहुने गरी जीपलाइनले व्यवस्थापन गर्नुपर्छ, स्थानीय तहले पनि यसतर्फ चासो दिनुपर्यो ।”

रानीकोट हाम्रो थुम्को सामुदायिक वनको जग्गा अतिक्रमण नहुने गरी संरचना निर्माण गर्दा स्पष्ट नापी गर्न वनका अध्यक्ष सविन तामाङले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जीपलाइन आएर पर्यटनको विकास र रोजगारीमा टेवा पुगेको छ, तर व्यवसाय सञ्चालन गर्दा वनको जग्गा नापेर स्पष्ट पारिदिनुपर्छ, सडक अतिक्रमण भएको छ, त्यसलाई रोक्नुपर्छ, व्यवसायप्रति हाम्रो आपत्ति होइन, गलत प्रवृत्तिप्रति हाम्रो आपत्ति हो ।”

स्थानीयले सडक किनारामा सामान्य चिया पसल राख्न नदिएर संरचना भत्काइदिएको स्थानीय तहले अहिले जीपलाइनले त्यही ठाउँमा जग्गा र सडक अतिक्रमण गर्दा किन मौन बसिरहेको छ रु भन्दै स्थानीयले प्रश्न तेस्र्याएका छन् । यसबारेमा सूर्यविनायक–८ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटा नगरपालिको ६०–४० को बजटले निजी सम्पत्ति संरक्षण गरेको नभई सडक संरक्षण गरेको दाबी गर्नुुहुन्छ ।

उहाँले भन्नुभयो, “घ्याम्पेडाँडा–रानीकोट हाम्रो नयाँ पर्यटकीय गन्तव्य हो, यहाँको सडक संरक्षण गर्ने जिम्मेवारी हाम्रो पनि हो, त्यसैले सडकमा पहिरो जान थालेपछि तारजाली हालेर ढुङ्गाको पर्खाल लगाएका हौँ, सडकको मापदण्ड जीपलाइनलाई मिच्न दिएका छैनाँै, सार्वजनिक जग्गा र वनको विषयको विवाद मिलाउन छिट्टै जग्गा नापी गरेर सिमाङ्कन गर्न निर्देशन दिएका छौँ ।”

जीपलाइनका कर्मचारीले भने वनको जग्गा नापी गरेर छुट्याएको दाबी गर्दै जग्गा अतिक्रमण नगरेको र सुरक्षितरूपमा थप संरचना बनाउन थालेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com