ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रासायनिक मल उपलब्ध गराउन माग


एबीसी न्यूज

काठमाडौं, ६ असार । युवा किसान सङ्घको राष्ट्रिय भेलाले उत्कल सापकोटाको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । यही असार ४ र ५ गते काठमाडौँमा सम्पन्न भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

भेलाको समापन समारोहमा नेकपा एकीकृत समाजवादी का उपमहासचिव डा विजय पौडेलले कृषकलाई रोपाइँको समयमा रासायनिक मल तत्काल उपलब्ध गराउन माग गर्नुभयो । उहाँले रासायनिक मलका लागि सरकारले रु ३० अर्ब विनियोजन गरेको भए पनि आयातमा ढिलासुस्ती भएकाले उनीहरूले मल नपाएको बताउनुभयो ।

परम्परागतरूपमा गरिँदै आएको खेती प्रणालीलाई प्रविधि प्रयोग गरी आधुनिकीकरण गर्नुपर्ने उपमहासचिव पौडेलको भनाइ थियो । पार्टीको मोर्चा फाँट प्रमुखसमेत रहनुभएका उहाँले युवालाई यस क्षेत्रमा आकर्षित गर्न सकेमा कृषि उत्पादन वृद्धि गर्न सकिने उल्लेख गर्दै उनीहरूलाई प्रविधिमैत्री बनाउनपर्नेमा जोड दिनुभयो ।

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले उत्पादन वृद्धि गर्न किसानलाई मल र बीउबिजनको व्यवस्था गर्नुपर्ने बताउनुुभयो । किसानलाई अध्ययन र अनुसन्धानमा केन्द्रित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेकपा ९एकीकृत समाजवादी० का केन्द्रीय सदस्य प्रमेश पोखरेलले मल आयातको प्रबन्ध गर्न माग गर्दै विकास र आर्थिक समृद्धिका लागि यस क्षेत्रमा गरिने लगानीले आत्मनिर्भर अर्थतन्त्रको विकास हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com